धुवाँ धुलोबाट आँखालाई यसरी जोगाउनुहोस्

डा. अरुणप्रसाद ढुंगाना –

काठमाडौंमा अहिले जताततै धुवाँधुलो बढेको छ । यसले वातावरणलाई त असर गरेकै छ नै । मानिसको स्वास्थ्यलाई पनि जोखिम बढाएको छ । धुवाँधुलोले आँखालाई झन् बढि असर गरिरहेको छ । आँखाको परेलामा धुलो जम्ने र त्यसले इन्फेक्सन गराउने गर्दछ ।

 
         आँखाको किनारामा धुलो टाँसिदा आँखा सुनिन सक्छ । धुलोले आँखाको बाहिरी भागको पातलो झिल्लीमा मासु पलाउने समस्या पनि देखिएको छ । यो सूर्यको हनिकारक किरण  र धुलोका कारण आँखामा मासु पलाउने समस्या आएको हो । यो धेरै मानिसमा देखा पर्ने गरेको छ । धुलो र प्रदुषणले गर्दा आँखाको एलर्जी अहिले आम नागरिकको समस्या भएको छ ।

यसले मुख्य रोगका रुपमा आँखाको एलर्जी समस्या निम्त्याएको देखिन्छ । अस्पतालमा आउने धेरै बिरामीमा आँखा चिलाउने तथा विझाउने समस्या देखिएको छ । धुलोका कणले आँखा रातो हुने, चिलाउने, सुनिने हुने गर्दछ भने यसले सुख्खा पनि हुने गरेको पाईन्छ । मानिसको आँखामा हुने सुख्खापन एउटा विकराल समस्याको रुपमा रहेको छ । धुलोले आँखामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरेको पाईन्छ । आँखाको विभिन्न भागमा एलर्जी गराउने गरेको छ । एलर्जी भएको ठाउँमा व्याक्टेरियल संक्रमण हुने संभावनासमेत छ ।

आँखाको ढकनीमा बारम्बार आनो आउने समस्या पनि धूलो र प्रदुषणका कारणले हुने गरेको हो । धुलोका कारण आँसु निकाल्नुपर्ने आँखाको ग्रन्थीले काम नगर्ने वा कम काम गर्ने र आँसु राम्रोसँग ननिक्लनाले आँखामा संक्रमण हुने गरेको छ । आँसु निकाल्ने ग्रन्थीको प्वाल धुलोले बन्द हुँदा संक्रमण हुन सक्ने संभावना रहन्छ ।

धुलो आँखामा टाँसिदा आँखा चिलाउने, आँखा पोल्ने, रातो हुने कचेरा निक्लने गरेको छ । यस्तो समस्या विकराल रुपमा देखिरहेको छ । यस्ता समस्या र सडकमा उड्ने धुलोबाट आँखालाई बचाउन चस्मा लगाउनुपर्छ । घरबाट बाहिर निस्कँदा चस्मा अनिवार्य रुपमा लगाउनुपर्छ । चस्मा लगाउन नपर्नेले पनि सनग्लास लगाउँदा आँखालाई केही हदसम्म बचाउन सकिन्छ । नियमित रुपमा दैनिक बिहान बेलुका आँखालाई सफा पानीले धुने गर्नुपर्दछ । साथै आँखालाई समय समयमा जाँच गराई राख्नु पनि आवश्यक हुन्छ ।

कतिपयको आँखामा सुख्खापन धुलोका कारण हुने गरेको छ । आँखामा सुख्खापन भएर उपचार गराउनु भन्दा पनि यसलाई हुनै नदिनु राम्रो हुन्छ । जुन कारणले आँखामा सुख्खापन भएको हो त्यसको पहिचान गरेर त्यसबाट टाढा रहनु राम्रो हुन्छ । धुलोका कारण हुने सुख्खापन हो भने घर बाहिर निस्कँदा आँखा ढाक्ने गरी चस्मा लगाउनु पर्छ । बाहिर निस्कँदा धूलोबाट बच्ने राम्रो उपाय नै चश्मा नै हो ।

(आँखा अस्पताल त्रिपुरेश्वरका दृष्टि विशेषज्ञ ढुँगानासँग मुना श्रेष्ठले गरेको कुराकानी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै