पहिलो प्रेमीसंग अहिले पनि कुराकानी हुन्छ- दीपाश्री निरौला

deepa-shree-niraula1-416x250काठमाडौं । हाँस्य कलाकारबाट निर्देशक बनेकी दीपा श्री निरौला र दीपकराज गिरीको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको विवाह कहिले हुन्छ भन्ने प्रश्नहरु पनि मिडियाले पटक पटक गरिरहेको छ । उनीहरुले भने आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाको अरु कसैसँग अफेयर भएका खबरहरु भने आएका छैनन् ।

प्रेमकै प्रसंगमा हालैमात्र दीपाले एक यु ट्युब च्यानलसँग कुराकानी गर्दै आफ्नो पहिलो प्रेम बारे खुलाएकी छिन् । दीपाको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो रे । उनी भन्छिन्, “विराटनगरमा राम्रो प्रेम थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।”

पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् । दीपाका प्रेमी पनि सेटल भईसकेका छन् । त्यसको जवाफमा दीपाले भने, अँ मैलै विवाह गरिनै सकेँ मेरो करिअरसँग भन्ने गर्छिन् रे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी, सरकारी कार्यालयमै गुनासो

पीपुल नेपाल संवाददाता विश्व राज नेपाल चैत ८ ,काठमाडौं । आउटसोर्सिङ श्रमिकको अधिकार कार्यान्वयनमा कमजोरी,

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

शुभेच्छुकको भीड छिचोल्दै पूर्वराजा शाह विमानस्थलबाट निर्मल निवासतर्फ

शुक्रबार, फागुन १,  काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा