काठमाडौं । हाँस्य कलाकारबाट निर्देशक बनेकी दीपा श्री निरौला र दीपकराज गिरीको प्रेमको चर्चा लामो समयदेखि चल्दै आएको छ । उनीहरुको विवाह कहिले हुन्छ भन्ने प्रश्नहरु पनि मिडियाले पटक पटक गरिरहेको छ । उनीहरुले भने आफूहरु सहयात्री र मिल्ने साथी भएको बताउँदै आएका छन् । दीपकसँग नाम जोडीएकी दीपाको अरु कसैसँग अफेयर भएका खबरहरु भने आएका छैनन् ।
प्रेमकै प्रसंगमा हालैमात्र दीपाले एक यु ट्युब च्यानलसँग कुराकानी गर्दै आफ्नो पहिलो प्रेम बारे खुलाएकी छिन् । दीपाको पहिलो प्रेम विराटनगरमा हुँदा नै परेको थियो रे । उनी भन्छिन्, “विराटनगरमा राम्रो प्रेम थियो तर सफल हुन सकेन । एक हिसाबले प्रेम सफल भएन दुर्भाग्य थियो र सौभाग्य के पनि भयो भने म प्रेममा अल्झेर उतै बसेको भए अहिले यो तामझाम, यो ख्याती प्राप्त गर्न सक्दिनथेँ होला ।”
पहिलो प्रेम सफल नभएपनि पहिलो प्रेमीसँग अहिले पनि कुराकानी हुने गरेको दीपा बताउँछिन् । कुराकानी गर्ने क्रममा पूर्व प्रेमीले अब तिमी विवाह गर सेटल हुनुपर्छ भन्ने कुराहरु गर्ने गरेको जानकारी पनि दिईन् । दीपाका प्रेमी पनि सेटल भईसकेका छन् । त्यसको जवाफमा दीपाले भने, अँ मैलै विवाह गरिनै सकेँ मेरो करिअरसँग भन्ने गर्छिन् रे ।
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
काठमाडौं, भदौ २३ गते । जेनजी नेपालले आफ्नो आन्दोलनमा घुसपैठ भएको भन्दै सहभागी युवाहरुलाई सुरक्षित
२०८२ भदौ १२ , काठमाडौं । नेपाल सरकारको मुख्यसचिव र सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारको पदावधि
भदौ ८, २०८२ | काठमाडौं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको