मतपत्र छापिँदै, एक करोड ६० लाख मतपत्र छाप्न ४२ दिन लाग्ने

 

 

Namuna-matpatra६ चैत, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आजदेखि मतपत्र छापिँदैछ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनका लागि आजदेखि मतमत्र छपाइ सुरु गर्न लागेको हो ।

निर्वाचन आयोगका पदाधिकारीहरुले शनिबार नमूना मतपत्रको अवलोकन गरेपछि आइतबारदेखि औपचारिक रुपमा नै मतपत्र छाप्ने काम सुरु हुन लागेको हो । आज साँझबाट मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ । मतपत्र छपाइको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।

मतपत्र भक्तपुर सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा छापिनेछ ।

आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ छाप्न लागेको हो ।

मतपत्र छापिसक्न ४० देखि ४२ दिन लाग्ने अनुमान गरिएको छ ।

आयोगले छ आकारमा ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छाप्ने तयारी गरेको छ । आयोगका अनुसार काठमाडाँैं जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ दल दर्ता भएका छन् ।

जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् । आयोगमा एक सय १३ राजनीतिक दल दर्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको