हङकङका नेपालीले गरे अपाङ्गता भएका नेपालीहरुलाइ करिव साँढे २ लाख सहयोग

new-CLUB-ko-newsकाठमाडौं, ४ चैत। सगरमाथा वान्चाई क्लब हङ्कङ्घमा कार्यरत नेपालीवासीले यस असंवादी कल्याण संघ मार्फत अपांगता भएका मानिसलाई आर्थिक सहयोग प्रदान गरेको छ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा असंवादी कल्याण संघले पत्रकार सम्मेलन गरेर अपागंता भएका मानिसको लागि रु। २ लाख ३३ हजार आर्थिक सहयोग गरेको हो।
कार्यक्रममा संघका अध्यक्ष ईन्द्र बहादुर क्षेत्रीले अपागंता भएका र समाजमा दुःख भोगिरहेका मानिसलाई निरन्तर सहयोग गर्दै आएको र सरकारसँग पीडितको उचित व्यवस्थाको लागि आफूहरुले आग्रह गरिरहेको बताए।
अध्यक्ष क्षेत्रीले भने,‘हामी निरन्तर समाज सेवामा छौँ, अपागंता भएका मानिसको उचित व्यवस्थाको लागि हामीले सरकारलाई निरन्तर अपिल गरिरहेका छौँ, तर सरकारले यसमा ध्यान दिएको छैन्, बौद्धिक तथा शारिरिक अपांगता भएका बालबच्चाहरूको लालनपालनको लागि अभिभावकले दुःख पाएका छन्, यस्तो स्थितिमा सबैले साथ दिनुपर्छ, अर्को कुरा यस्ता बालबच्चालाई दिनमा सुरक्षा गर्ने स्थितिको व्यवस्था भएको खण्डमा अभिभावकले काम गर्नसक्छन्, जुन कामले जीवन जिउन सजिलो हुन्छ, बौद्धिक तथा शारिरीक अपांगता भएका बालबच्चाहरू औषधि नखाई सुत्न समेत सक्दैनन्, यस्तो स्थितिमा सरकारले चाह्यो भने गर्न नसक्ने केही छैन, तर सरकार गम्भिर बन्न जरुरी छ।’
उक्त कार्यक्रममा अपांगता भएकी बालिकाकी आमा देवकुमारी श्रेष्ठले रुँदै भनिन्,‘जब मेरो छोरी महिनावारी भईन, त्यसपछि बाध्य भएर मैले सरकारी जागिर पनि छोडें, आज घरपरिबार र बच्चा पाल्न गाह्रो भएको छ, बेलाबेलामा यस संस्थाले सहयोग गरिरहेको छ, यसले पनि प्राप्त नभएको कारण सबैलाई सहयोग गर्नको लागि अनुरोध गर्दछु।’
हङ्कङग्मा कार्यरत गिरी गुरुङ र हिरा शाही ठकुरीले सगरमाथा क्लब, वान्चाई हङकङमा कार्यरत नेपालीवासी मार्फत प्राप्त रु। २ लाख ३३ हजार संस्थाका संस्थापक पूर्व अध्यक्ष चन्द्र बहादुर सुनुवारलाई हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि