कमल थापालाई मन्त्री बनाउनु प्रचण्डको भूलः उपेन्द्र यादव

Upendra-Yadav

 
५ चैत, रौतहट । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली सेना लगाएर निर्वाचन गराउँछु भन्ने भ्रम नपाल्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले राप्रपा अध्यक्ष कमल थापालाई मन्त्री बनाउनु प्रधानमन्त्री प्रचण्डको भूल भएको टिप्पणी गरेका छन् ।
शनिबार सदरमुकाम गौरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मधेसी मोर्चाका नेता यादवले यथास्थितिमा चुनाव हुन नसक्ने बताए ।

आफुहरुले संवैधानिक र संसदीय प्रक्रियाबाटै सबै समस्याको समाधान चाहेको भन्दै उनले बताए । यदि सरकारले समस्या हल गर्ने बाटो नै बन्द गर्छ भने अन्तिम विकल्प संघर्ष मात्र बाँकी हुने उनको तर्क छ ।

संघीय समाजवादी फोरम अध्यक्ष यादवले राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराएकोमा असन्तुष्टि जनाएका छन् । प्रचण्डले हजारौंको बलिदानीलाई सरकारको आयुसँग साटेको आरोप लगाउँदै उनले भने ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको सट्टा अझै पनि राजासहितको हिन्दुराष्ट्र खोज्ने कमल थापासँग सहकार्य गर्दा जनयुद्वको अर्थ कति रहृयो रु

यद्यपि सरकारको आयु अब केही महिना मात्रै भएकाले जतिसुकै रणनिति बनाए पनि केही नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र