
५ चैत, रौतहट । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली सेना लगाएर निर्वाचन गराउँछु भन्ने भ्रम नपाल्न सरकारलाई आग्रह गरेका छन् । साथै उनले राप्रपा अध्यक्ष कमल थापालाई मन्त्री बनाउनु प्रधानमन्त्री प्रचण्डको भूल भएको टिप्पणी गरेका छन् ।
शनिबार सदरमुकाम गौरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मधेसी मोर्चाका नेता यादवले यथास्थितिमा चुनाव हुन नसक्ने बताए ।
आफुहरुले संवैधानिक र संसदीय प्रक्रियाबाटै सबै समस्याको समाधान चाहेको भन्दै उनले बताए । यदि सरकारले समस्या हल गर्ने बाटो नै बन्द गर्छ भने अन्तिम विकल्प संघर्ष मात्र बाँकी हुने उनको तर्क छ ।
संघीय समाजवादी फोरम अध्यक्ष यादवले राप्रपा अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराएकोमा असन्तुष्टि जनाएका छन् । प्रचण्डले हजारौंको बलिदानीलाई सरकारको आयुसँग साटेको आरोप लगाउँदै उनले भने ‘संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रको सट्टा अझै पनि राजासहितको हिन्दुराष्ट्र खोज्ने कमल थापासँग सहकार्य गर्दा जनयुद्वको अर्थ कति रहृयो रु
यद्यपि सरकारको आयु अब केही महिना मात्रै भएकाले जतिसुकै रणनिति बनाए पनि केही नहुने उनले बताए ।
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग