स्मार्ट ट्राभल कार्ड’बाट सझा बसले भाडा उठाउन थाल्यो

sajha-smart-card२ चैत, काठमाडौं । साझा यातायातले आफ्ना बसमा ‘स्मार्ट ट्राभल कार्ड’ को प्रयोग सुरु गरेको छ । लामो समयको परीक्षणपछि साझाले लगनखेलबाट नयाँ बसपार्क जाने १० बसबाट ट्राभल स्मार्ट कार्डको प्रयोग सुरु गरेको हो ।

यसका लागि ति सबै बसमा स्मार्ट कार्डबाट भुक्तानी लिने मेसिन जडान भएर कार्डबाटै भुक्तानीको सेवा सुरू भएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

‘अब सर्वसाधारणले यो रुटमा चढ्दा स्मार्ट कार्डबाटै भाडा तिर्न सक्नेछन्’ पाण्डेले भने । बसका ढोकामा स्मार्ट कार्डको डिभाइस राखिएको छ । अब सो रुटमा नियमित यात्रा गर्ने सर्वसधारणले पनि स्मार्टकार्ड किन्न पाउने छन् । यसको प्रयोग स्वेच्छिक हुनेछ ।

सुरुवातमा एउटा रुटबाट सुरु गरिएपनि विस्तारै सबै रुटमा चल्ने बसमा यो सेवा सुरुवात गरिनेछ । बस चढ्दा यो कार्ड पछिल्लो ढोकामा जोडिएको डिभाइसमा देखाउनुपर्नेछ भने ओर्लिँदा पनि यसलाई देखाउनुपर्नेछ ।

यसले आफैं यात्रा गरेको दूरीअनुसार भाडा काट्नेछ । यदि झर्दा कार्ड डिभाइसमा नदेखाए स्वतः २५ रूपैयाँ काटिनेछ । देखाएमा भने दूरीअनुसारकै भाडा काट्नेछ ।

के हो ट्राभल कार्ड 

स्मार्ट ट्राभल कार्ड गाडी भाडा भुक्तानीमा प्रयोग हुने कार्ड हो । यो कार्ड एक महिनापछि साझा यातायातले आफ्नै कार्यलयबाट बिक्री सुरु गरेको छ । साझाको लगनखेल स्टपबाट पनि कार्ड बिक्री भइरहेको छ ।

सुरूवातमा १ सय वटा कार्ड किन्नेलाई २ सय रूपैयाँमा २ सय ब्यालेन्स भएको कार्ड दिइँदैछ । यसपछि भने सुरूवातमा कार्डको मूल्यबापत १ सय ५० रूपैयाँ तिर्नुपर्नेछ ।

यो कार्ड लिएर हिँडेका यात्रु चढेको र झरेको दुरीका आधारमा ढोकामा जोडिएको डिभाइसले स्मार्ट कार्डबाट रकम काट्नेछ ।

यसको रिचार्जका लागि साझाको कार्यालयमै सम्पर्क गर्न सकिने छ । बसका सहचालकलाई रकम बुझाएर पनि कार्ड रिचार्ज गर्न सकिन्छ । पछि रिचार्जका लागि अझै सरल ब्यवस्था गरिनेछ ।

काटिएको रकम नेपाल बैंकको साझा यातायातको बैंक खातामा जम्मा हुनेछ । केही समयपछि उपभोक्ताले साझाका रिचार्ज कार्ड मोबाइलको जस्तैगरी बजारमा किन्न पाउनेछन् । यसले यात्रुलाई दुरीका आधारमा भाडा तिर्न सहज हुने पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार

नयाँ विशेषतासहित एक सयको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि