भारतले गायब पार्यो ३४ सीमा स्तम्भ ?

IMG_1032-552x750कञ्चनपुर गत बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारमा निर्माण भइरहेको कल्भर्ट क्षेत्रमा नेपाल–भारत सीमा छुट्याउने २०० नम्बरको सीमास्तम्भ थिएन । उक्त स्थानको सीमास्तम्भ हराएको कारण भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी०ले नेपालमा बनिरहेको कल्भर्टमा अवरोध पु¥यायो । अवरोधले झगडाको रूप लिँदा एक व्यक्तिको ज्यान गयो । आजको नयाँ पत्रिकामा खबर छ ।

सीमा यकिन नहुँदा भारतीय पक्षले पटक–पटक झगडा गर्दै आएको पुनर्वासका श्याम परियारको भनाइ छ । उनले सीमास्तम्भ नहुँदा सीमा क्षेत्रका बासिन्दा पीडित बन्नुपरेको गुनासो गरे । उनले भने, ‘दुवै देशका नागरिकलाई आ–आफ्नो सीमाबारे पर्याप्त जानकारी गराउनुपर्‍यो ।’ परियारका अनुसार कञ्चनपुरका सबै सीमास्तम्भ जीर्ण बन्दै गएका छन् ।

हराएका सीमास्तम्भको खोजी र आवश्यक मर्मत नभए यस्तै घटना दोहोरिने उनको भनाइ छ । घटना भएकै दिन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र लखिमपुरका डिएम आकाश दीपले सीमास्तम्भ हराएकै कारण आनन्द बजारको घटना भएको निष्कर्ष निकालेका थिए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पनि सीमास्तम्भ नहुँदा घटना चर्केको हुन सक्ने बताए ।

प्रजिअ खनालका अनुसार अब दुवै देशका सर्भे विभागको संयुक्त प्राविधिक टोलीले सीमास्तम्भ मर्मत–सुधार र हराएकोबारे टुंगो लगाउनेछ । यस्तो परिस्थितिमा संयुक्त प्राविधिक टोली बोलाएर सीमा विवाद टुंग्याउन दुवै देशबीच समझदारी भएकोसमेत प्रजिअ खनालले बताए । ‘संयुक्त टोलीलाई यहाँसम्म आइपुग्न धेरै समय लाग्छ,’ उनले भने, ‘हामी दुई देशका सम्बन्धित निकायबीच सर्भे टोलीलाई यथाशीघ्र यहाँ बोलाएर सीमा यकिन गर्न सहमति भएको छ ।’

नेपालका तर्फबाट उक्त टोलीलाई छिटै यहाँ बोलाउने प्रयास भइरहेको उनले बताए । सीमास्तम्भ मर्मतमा बेवास्ता कञ्चनपुरको डोकेबजारदेखि उत्तर–पश्चिम ब्रह्मदेवसम्मका अधिकांश सीमास्तम्भ ढल्ने अवस्थामा छन् भने कतै स्तम्भ नै छैनन् । डोकेबजारदेखि ब्रह्मदेवसम्म एक सय २९ दशमलव ५ किलोमिटर दूरीमा रहेका सबै सीमास्तम्भ कमजोर छन् । पुराना र हावापानीका कारण सीमास्तम्भ नाजुक भएको स्थानीयको भनाइ छ ।

सीमा स्तम्भ जीर्ण बने पनि सरकारी पक्षबाट मर्मत र संरक्षणमा बेवास्ता भएको स्थानीय करन भण्डारीको आरोप छ । ‘सीमाका स्तम्भ जोर भारत र बिजोर नेपालले पुनर्निर्माण गर्नुपर्ने भए पनि सम्बन्धित मुलुकले चासो दिएका छैनन्,’ उनले भने, ‘कञ्चनपुरको उत्तर–पश्चिम क्षेत्रका पिलर महाकालीमा आएको बाढीले ढालेको छ ।’ ढलेको सीमास्तम्भ तीन वर्षदेखि अलपत्र तीन वर्षअघि दार्चुलामा आएको बाढीले ब्रह्मदेव खल्लामछेट्टीको ८१३ ९एक० नम्बरको पिलर ढालेको थियो । ‘सो पिलर हालसम्म पनि पुनर्निर्माण गरिएको छैन,’ स्थानीय करन भण्डारीले भने, ‘यही घटनाबाट थाहा पाउँछौँ, हाम्रो स्थिति कस्तो छ ।

वनवासा–गड्डाचौकीको एच–०१ बाहेक अधिकांश सीमास्तम्भ ढल्न लागेका रूखजस्ता छन् । केही स्तम्भको माथिबाटै इँटा झरेको छ, केहीको बीच भाग नै छैन । जिल्लाको उत्तर–दक्षिण डोकेबजारमा रहेको ७२३(९१७१० नम्बरको स्तम्भमा सतहका इँटा छैनन् । सतहदेखि नै सो स्तम्भका इँटा खुस्केर अलगिएका छन् । कञ्चनपुरका सीमास्तम्भको अवस्था र मर्मतबारे पटक–पटक माथिल्लो निकायमा जानकारीका साथै प्रतिवेदन पेस गरे पनि पुनर्निर्माणमा कुनै पहल नभएको स्थानीयको गुनासो छ ।

कञ्चनपुरमा ३४ स्तम्भ हराए सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार कुल तीन सय ९० सीमापिलरमध्ये दुई सय २२ पिलर जीर्ण छन् । यसमध्ये नौवटा पुनर्निर्माण र ४५ वटा मर्मत मात्रै गरे हुने सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा ३४ पिलर हराएका छन् । त्यहाँ ६४ मुख्य, दुई सय २२ सहायक र एक सय चार साना पिलर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय कञ्चनपुरले जनाएको छ । सीमा सुरक्षा कार्यालयका अनुसार मुख्य पिलरमध्ये तत्काल १२ मर्मत, चार पुनर्निर्माण गर्नुपर्नेछ ।

यस्तै सहायक पिलरमा ३२ मर्मत र ५ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक इन्द्र कार्कीले बताए । जिल्लाका सीमास्तम्भको अवस्थाबारे माथिल्लो निकायका साथै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा प्रतिवेदन पेस गरेको उनले बताए । ‘सशस्त्र प्रहरी बल सीमा कार्यालयबाट स्तम्भहरू पुनर्निर्माणका लागि प्रतिवेदन पेस गरिसकेको छ,’ उनले भने, ‘तर, हालसम्म पुनर्निर्माणका काम हुन सकेको छैन ।’ उनका अनुसार सीमा र स्तम्भ सुरक्षाका लागि सशस्त्र प्रहरी बलले साप्ताहिक तथा मासिक अध्ययनका साथै उक्त क्षेत्रमा गस्ती गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

कश्मीर आक्रमणमा मारिएका सुदिपको शव परिवारको जिम्मा लगाइयो, आजै अन्त्येष्टि

 वैशाख ११, काठमाडाैं । भारतको जम्मु कश्मीरमा आतङ्कवादी आक्रमणमा परी ज्यान गुमाएका बुटवल–११ का २७