नेपाली महिलामाथि दिल्लीमा सामूहिक बलात्कार, पाँचजना पक्राउ

inida-ma-750x422नयाँ दिल्लीस् भारतको राजधानी नयाँ दिल्ली अर्की नेपाली महिला यौन हिंसाको शिकार भएकी छन् ।

नेपालीकी नाम, ठेगाना खुल्न नसकेकी ती महिलालाई दिल्लीको पाण्डव नगर इलाकामा सामूहिक बलात्कार गरिएको हो । यो घटनामा कल सेन्टरमा काम गर्ने पाँचजना पक्राउ परेका छन् ।
पुलिसका अधिकारीले घटनाको पुष्टि गर्दै यो अपराधमा जोडिएका सबै पाँचैजना गिरफ्तार भइसकेको पुष्टि गरेका छन् ।
मेडिकल जाँचका क्रममा महिलामाथि बलात्कार भएको पुष्टि भएको छ। समाचार अनुसार पाण्डव नगरको एक फ्ल्याटमा महिलालाई जबरजस्ती मादक पदार्थ पिलाएर पाँचजनाले पटक पटक बलात्कार गरेपछि घरैमा थुनेर भागेका थिए ।

बलात्कारपछि ती महिलाले घरको पहिलो तलबाट हामफालेकी थिइन् । त्यसक्रममा उनको एउटा खुट्टो भाँच्चिएको छ ।

हामफालेपछि नजिकै रहेका मानिसले उनी चिच्याइरहेको आवाज सुनेका थिए । त्यसपछि उनले ती मानिसलाई आफूमाथिको आपत् सुनाएपछि ती मध्ये एकले पुलिसलाई बोलाएका थिए ।

महिलाको उजुरीका आधारमा अभियुक्तमाथि सामूहिक बलात्कार, गैर कानुनीरुपमा बन्धक बनाएको र र अप्राकृतिक यौन सम्बन्ध बनाएको आरोप लगाएर मुद्दा दर्ता गरिएको छ।

बलात्कारको शिकार भएकी ती नेपाली महिला दक्षिण दिल्लीको मुनिरकामा आफ्ना दुई छोराछोरीसँग बस्दै आएकी थिइन् । अभियुक्तमध्ये एकसँग उनको पहिलेबाटै परिचय रहेको अनुसन्धानबाट खुलेको छ। कारोबार बाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले