१ करोड डलरको परियोजना लिएर कोरियाली निर्माण कम्पनी नेपालमा

Dolors२९ फागुन, काठमाडौं । दक्षिण कोरियाको निर्माण कम्पनी एसवाई प्यानलले नेपालमा कारखाना विस्तार गर्ने तयारी गरेको छ । सुरु चरणमा १ करोड अमेरिकी डलर (१ अर्ब रुपैयाँभन्दा बढी) को प्रस्तावित परियोजना लिएर त्यसका उच्च अधिकारी काठमाडौं आएका छन् ।

त्यसका लागि कम्पनी दर्ता र वैदशिक लगानी स्वीकृतिको प्रक्रिया अघि बढाइएको अध्यक्ष होङ योङ–डनले जानकारी दिए । एसवाई प्यानल कम्पनीले कोरियामा धातुको प्रयोगबाट अग्ला–अग्ला भवन निर्माण गरेको छ ।

कोरियामा ५० कारखाना रहेको यसले आफूलाई चीन, भियतनाम र इन्डोनेसियामा विस्तार गरिसकेको छ । ‘यो अत्यन्त छिटो निर्माणको प्रविधि पनि हो’, शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष होङले भने, ‘नेपालमा कानुनी प्रक्रिया पूरा गरेको ६ महिनामा कारखाना निर्माण गर्ने लक्ष्य छ । भूकम्पपछिको पुनर्निर्माणलाई वैकल्पिक र भरपर्दो उपाय दिनु पनि हाम्रो उद्देश्य हो ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल