२९ फागुन, काठमाडौं । दक्षिण कोरियाको निर्माण कम्पनी एसवाई प्यानलले नेपालमा कारखाना विस्तार गर्ने तयारी गरेको छ । सुरु चरणमा १ करोड अमेरिकी डलर (१ अर्ब रुपैयाँभन्दा बढी) को प्रस्तावित परियोजना लिएर त्यसका उच्च अधिकारी काठमाडौं आएका छन् ।
त्यसका लागि कम्पनी दर्ता र वैदशिक लगानी स्वीकृतिको प्रक्रिया अघि बढाइएको अध्यक्ष होङ योङ–डनले जानकारी दिए । एसवाई प्यानल कम्पनीले कोरियामा धातुको प्रयोगबाट अग्ला–अग्ला भवन निर्माण गरेको छ ।
कोरियामा ५० कारखाना रहेको यसले आफूलाई चीन, भियतनाम र इन्डोनेसियामा विस्तार गरिसकेको छ । ‘यो अत्यन्त छिटो निर्माणको प्रविधि पनि हो’, शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष होङले भने, ‘नेपालमा कानुनी प्रक्रिया पूरा गरेको ६ महिनामा कारखाना निर्माण गर्ने लक्ष्य छ । भूकम्पपछिको पुनर्निर्माणलाई वैकल्पिक र भरपर्दो उपाय दिनु पनि हाम्रो उद्देश्य हो ।’
माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र
माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०
माघ २,काठमाडौं । दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना
पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष
पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण
चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग