कञ्चनपुरका विभिन्न ठाँउमा भारतीय नम्बर प्लेटका गाडीहरु तोडफोड तथा आगजनी गरिदै : फोटो फिचर

15133677_655515704632852_576908695_o-750x422कल्भर्ट निर्माण देखि सुरु भएको आनन्द बजारमा भारतीय एसएसबीले हतियार सहित आएर धम्याएपछी आक्रोशित बनेका जनताले ढुंगामुढा गरेपछि भारतीय एसएसबीको गोलीबाट पुनर्वास नगरपालिका – ८ का गोविन्द गौतमको मृत्यु भएको छ ।

कञ्चनपुरका विभिन्न ठाँउमा भारतीय नम्बर प्लेटका गाडीहरु तोडफोड तथा आगजनी गरिदै छ । महेन्द्रनगरमा आनन्द होटल अगाडी DL9CD4463 नम्बरको गाडी जालाइएको छ । आक्रोशित अज्ञात समूहले पुनर्वासको आइबीआरडिमा पनि भारतीय नम्बरको ट्र्यकटर जलाएका छन ।

त्यस्तै थुप्रै ठाँउमा तोडफोड तथा विरोध कार्यक्रम गरिएको छ । अहिले पनि पुनर्वास तनावग्रस्त बनेको छ । शुक्रबार आइबीआरडि लगायतको एरियामा जुलुस निकालिन लागेको स्थानीय सागर गैरेले बताएका छन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष लोकेन्द्र लम्सालले मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै शबलाई फुलमाला सहित बजार परिक्रमा गराउनु पर्ने बताए । जिल्ला स्थित राष्ट्रिय जनमोर्चा, नेकपा एमाले, तथा माओवादी केन्द्र कञ्चनपुरले प्रेस विज्ञप्ति जारी गरेको छ ।

नेपालका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल र सहायक प्रमुख जिल्ला अधिकारी प्रेम बहादुर कुवंर, प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्द लगायतको टोलिले भारतीय डि.यम. आकाश दिप लगायतको संग तीन बुँदे सहमति गरेको छ । सहमतिमा पहिलो तत्कालका लागि सो क्षेत्रबाट आवतजावत बन्द गर्ने, दोस्रो कल्भर्ट निर्माण कार्य हालका लागि रोकी सिमा छुट्याउन यथासिघ्र दुबै देशले पहल गर्ने र तेस्रो हत्याको अनुसन्धान गरि दोषीलाई कारबाहि गर्ने । गोलि चलाउनेको नाम सर्बेन्द्र सुक्ला रहेको स्रोतले बताएको छ । भारतीय सिमा सुरक्षा बल एसएसबीले नेपाली जनता तथा प्रहरी माथी १२ राउण्ड गोलि प्रहार गरेको थियो भने नेपाल ससस्त्र प्रहरी पछि हटेको थियो ।

एसएसबी र भारतीय स्थानीयको आक्रमणबाट २ दर्जन भन्दा बढी स्थानीय घाइते, आधा दर्जन भन्दा बढी नेपाल प्रहरी र ससस्त्र प्रहरी घाइते भएका छन । नेपाली बजार आनन्द बजार मै घुसेर हतियार सहितका एसएसबीले नेपाली नम्बरको दुई मोटरसाइकल तोडफोड गरेका छन । दुई वटा घरमा तोडफोड गरका छन । घरमा भएको दराज, कुर्सी टेबल सबै केही लगेका छन भने केहि तोडफोड गरेका छन । वार्ता गर्न आएका प्रमुख जिल्ला अधिकारीलाई आक्रोशित जनताले मुर्दाबादको नारा लगाउदै २ घण्टा सम्म घेराउ गरि ढुंगामुढा प्रहार गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन