फागुन २७ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य ६ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने गरी जारी गरेको यात्रा प्रतिबन्धसम्बन्धी कार्यकारी आदेश विरुद्ध पाँच राज्यले मुद्दा दायर गरेका छन् ।
ट्रम्पले सिरिया, इरान, लिबिया, सुडान, यमन र सोमालियाका नागरिकलाई ९० दिनसम्म नयाँ भिसा नदिने सम्बन्ध आदेश जारी गर्नुभएको हो । राष्ट्रपतिको यो आदेश विरुद्ध सबैभन्दा पहिले हवाई राज्यले संघीय अदालतमा मुद्दा दायर गरेको थियो । त्यसपछि मिनेसोटा, ओरिगन र मासाचुसेट्टस राज्यले पनि यात्रा प्रतिबन्धसम्बन्धी ट्रम्पको कार्यकारी आदेश विरुद्ध मुद्दा दायर गरेका हुन् । ट्रम्पको पछिल्लो आदेश यही मार्च १६ देखि लागु हुनेछ ।यसअघि राष्ट्रपतिको जिम्मेवारी सम्हाले लगतै गएको जनवरीमा ट्रम्पले सात देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी आदेश जारी गर्नुभएको थियो । तर त्यो आदेश संघीय अदालतको अवरोधका कारण कार्यान्वयन हुन नसकेपछि ट्रम्पले प्रतिबन्धित देशको सूचिबाट इराकलाई हटाएर नयाँ आदेश जारी गर्नुभएको हो । पछिल्लो ओदश पनि मुस्लिममाथिकै प्रतिबन्ध रहेको भन्दै विरोध भएको छ ।
वासिङटन राज्यले पनि ट्रम्पको ओदश विरुद्ध मुद्दा दायर गरेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । वासिङटन राज्यले संघीय अदालतका न्यायाधीशसँग ट्रम्पको ओदश निलम्बित गर्न आग्रह गर्ने सिएनएनले उल्लेख गरेको छ । न्युयोर्क राज्यले पनि यस विरुद्ध मुद्दा दायर गरेको छ ।
अमेरिकामा सुरक्षा खतरा बढ्ने भएकाले ६ देशका नागरिकलाई प्रवेशमा रोक लगाइएको ट्रम्प प्रशासनको भनाई छ । ह्वाइट हाउस प्रशासन पछिल्लो कार्यकारी आदेश सम्बन्धी मुद्दामा आफ्नो पक्षमा फैसला हुनेमा ठुक्क रहेको छ । ट्रम्पको आदेशमा सबै शरणार्थीमाथि ३ महिना अमेरिकाको यात्रामा प्रतिबन्ध लगाइने कुरा पनि उल्लेख छ ।
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको
काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२
सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा
काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।