काठमाडौं । नेपाली खगोलविद्लाई क्षुद्र ग्रह पत्ता लगाउने काममा पहिलो सफलता मिलेको छ।
विदेशी प्रारम्भिक तथ्याङ्कको विश्लेषणका आधारमा नेपाली युवा खगोलविद् क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गर्न सफल भएका हुन्।
नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईका अनुसार १९ जना खगोल विद्यामा क्रियाशील नेपाली शिक्षक, विद्यार्थी र खगोलविद्ले मङ्गल र वृहस्पति ग्रहबीचका छ वटा क्षुद्र ग्रहको प्रारम्भिक पहिचान गरेका छन्।
नेपाली विद्यार्थीले पत्ता लगाएका क्षुद्र ग्रहको नाम पी–१० वाईएलएफ ९, पी–१० वाईकेएक्सएच, पी–१० वाईकेजेड ५, पी–१० वाईओपीजेड, पी–१० वाईओक्यू र पी–१० वाईपीजेड रहेका छन्। यी क्षुद्र ग्रहको नामकरण प्रारम्भिक चरणमा गरिएकाले हवाई विश्वविद्यालय र नासाले यिनको पुनः नामकरण गर्नेछन्।
क्षुद्र ग्रह सौर्यमण्डल बन्दै गर्दा निर्माण भएको मानिन्छ। यस्तो अनुसन्धानले सौर्यमण्डलको उत्पत्तिका बारेमा थप अध्ययन गर्न सहयोग पुग्ने भट्टराईले बताए। उनले क्षुद्र ग्रह जुनसुकै बेला पृथ्वीमा ठोक्किन सक्ने भएकाले त्यसको प्रकृति र स्वभावका बारेमा बेलैमा थाहा पाउन जरुरी हुने पनि भट्टराईले जानकारी दिए।
अध्यक्ष भट्टराईले यो परियोजनामा सहभागी खगोल क्षेत्रका नेपाली अनुसन्धानकर्ताले स्वतःस्र्फूत रूपमा योगदान गरेको बताए। उनले यस प्रकारको अन्तर्राष्ट्रिय स्तरको खगोलीय अनुसन्धान नेपालमा पहिलोपटक भएकाले नेपालका खगोलीय विद्यार्थीलाई यसले अन्तर्राष्ट्रिय जगत्मा पहुँच र अवसर दिने बताए।
यस अनुसन्धानमा नेपालबाट पोखराको पृथ्वीनारायण क्याम्पसका पाँच शिक्षक र विद्यार्थी, काठमाडौँ जोरपाटीस्थित सेलिब्रेसन को–ईडीका पाँच जना र नासोका नौ जना गरी १९ जनाको पाँचवटा समूह क्रियाशील थिए।
सिटिजन साइन्स परियोजना अन्तर्गत हाल नेपाल, भारत, पोर्चुगल, पोल्यान्ड, मकाउ, दक्षिण अफ्रिका, ब्राजिल लगायतका विश्वभरका २५ देशको सहभागिता छ। यस प्रकारका अनुसन्धानबाट क्षुद्र ग्रहको प्रकृति, पहिचानका साथै पृथ्वीमा आइरहेका वा आउन सक्ने कुराको अध्ययन हुने भएकाले खगोल क्षेत्रमा यस्तो अध्ययनले निकै महìव राख्नेगर्छ।
यो अभियानमा सहभागी नेपाली टोलीले प्यान्स्टार्समार्फत प्राप्त तस्बिरमा भेटिएका लगभग एक लाख आठ हजार वटा चलायमान पिण्डको परीक्षण गरेका थिए। अमेरिकाको हवाईस्थित पानोरामिक सर्भे टेलिस्कोप तथा ¥यापिड रेस्पोन्स सिस्टम ९प्यान्स्टार्स० का हाल १.८ मिटरका दुईवटा उच्चस्तरीय टेलिस्कोप सञ्चालनमा छन्।
के हो क्षुद्र ग्रह ?
क्षुद्र ग्रह मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका स–साना चट्टानका टुक्रा हुन्। ती अन्य ग्रहसरह आ–आफ्नै कक्षमा सूर्यलाई परिक्रमा गरिरहेका हुन्छन्। क्षुद्र ग्रहको आकार गोलो, चेप्टो, बाङ्गो–टिङ्गो जस्तो पनि हुन्छ।
मङ्गल र वृहस्पति ग्रहका बीचमा रहेका यस्ता ठूला क्षुद्र ग्रह पृथ्वीमा ठोक्किएमा ठूलो असर पर्नुका साथै जीवको अन्त्यसमेत हुनसक्छ। त्यसैले यी क्षुद्र ग्रहको अध्ययन अनुसन्धान आवश्यक छ।
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा