March 8, 2017

सप्तरी घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

मधेस बन्दको दोस्रो दिन पनि मोर्चाको बिरोध प्रदर्शन जारी

 

२५ फागुन,धरान । सप्तरी घटनामा मृत्यु हुनेको संख्या बुधवार बिहानसम्म चार पुगेको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीले गोली चलाउँदा तीनजनाको मृत्यु भएको थियो ।

सप्तरी घटनाको बिरोधमा मधेसी मोर्चाले आह्वान गरेका दुई दिने मधेस बन्दको दोस्रो दिन पनि त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मोर्चा कार्यकर्ताले बिहानैदेखि बिरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले एमालेका नेता कार्यकर्तालाई सामाजिक बहिस्कार गर्ने भन्दै जिल्लास्थित एमाले कार्यालयमा आक्रमण गरेका छन् । अप्रिय घटना हुन नदिन प्रहरीले सुरक्षा कडा बनाएको छ ।गोली लागि घाइते भएका सप्तरी मलेठ गाविस २ का वीरेन्द्र महतोको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । यसअघि सन्जन मेहता, पिताम्बर मण्डल र आनन्द साहको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी