मधेसमा हतियारसहित एमालेसभामा आक्रमणको योजना

Capture-178२२ फागुन, सप्तरी । मेची महाकाली अभियान लिएर मधेस पसेको एमाले र मधेसी मोर्चाबीच भयंकर भिडन्त हुने सम्भावना देखिएको छ । झापाबाट शनिबार सुरु भएको एमालेको अभियान रौतहट र सप्तरी पुग्दा भिडन्त गर्ने तयारी मधेसी मोर्चाले गरेको छ । एमालेको जुलुश सप्तरी पुग्दा आक्रमण गर्ने तयारीस्वरुप मधेसी मोर्चाका कार्यकर्ताहरु धमाधम भाटा चिरानमा व्यस्त रहेका छन् ।

रौतहटको गरुडामा एमालेमाथि आक्रमण गर्ने योजना मधेसी मोर्चाले बनाइरहेको सद्भावना पार्टीका रौतहट निवासी केन्द्रीय सदस्यले बताए । सप्तरीमा रामसपाका सचिवको अगुवाइमा भाटा चिरेर तयार पार्ने काम भैरहेको गोप्य जानकारी न्युजसेवालाई प्राप्त भएको छ ।

एमालेको जुलुश २३ गते सप्तरीमा पुग्ने र राजविराज र कञ्चनपुरमा जनसभा गर्ने कार्यक्रम छ । त्यही दिन जनसभा विथोल्नका लागि मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले भाटा बनाएर तयार पारेका छन् । कालो झण्डा प्रदर्शन गर्नका लागि भाटा तयार पारेको भनिए पनि भाटा तयार पार्नुको भित्री योजना भने एमालेमाथिको प्रतिकार नै रहेको नाम उल्लेख नगर्ने शर्तमा मधेसी मोर्चाका एक नेताले बताए ।

एमालेको विरोधमा कालो झण्डा प्रदर्शन गर्ने योजना रहे पनि सप्तरीमा मधेसी मोर्चाको आक्रमणको तयारी भने निकै खतराजनक रहेको बुझिएको छ । यदि आफु माथि दमन भए सिमापारिबाट हतियारधारी मान्छे ल्याएर आक्रमण गर्नेसम्मको भित्री योजना रहेको गोप्य तयारी मोर्चाकै कार्यकर्ताहरुले गरेको गोप्य जानकारी प्राप्त भएको छ । एक दशकपहिले गौरमा भएको मानव नरसंहारलाई दोहोर्याउने रणनीतिमा मोर्चाका स्थानीय कार्यकर्ताहरु लागिरहेका छन् ।

यसअघि सप्तरीको जनसभाको तयारीमा राजविराज पुगेका एमाले सांसदमाथि मोर्चाका कार्यकर्ताले ढुङ्गामुढा गरेर आक्रमण गरेका थिए । पर्सामा शनिबार एमाले सांसदले मिलन चोकमा गर्न लागेको कार्यक्रम पनि मोर्चाका कार्यकर्ताले विथोलेका थिए ।  यस्तै सप्तरीमा एमालेका स्थानीय नेतामाथि कालोमोसो दलिएको थियो ।

यता एमाले पनि पछि हट्ने संकेत देखिएको छैन । रौतहट र सप्तरीमा एमाले र मोर्चाबीच भिडन्त रोक्न सुरक्षा निकायले पनि त्यतिकै तयारी गरेको छ । एमालेमाथि मोर्चाको आक्रमण रोक्न सुरक्षाकर्मीले बल प्रयोग गरे मोर्चाका कार्यकर्ता झनै भड्किने छन् र त्यसले झनै ठूलो भिडन्तको रुपले लिने विश्लेषण मधेसी नेताहरुले नै गरेका छन् ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले समेत भिडन्त गर्ने चेतावनी शनिबार नै दिइसकेका छन् । एमालेले गलत समयमा मेचीमहाकाली अभियान चलाएको भन्दै प्रतिकार गर्ने चेतावनी उनले दिएका छन् । भिडन्तबाट हुने क्षतिको जिम्मेवारी पनि एमालेले नै लिनुपर्ने दावी ठाकुरले गरेका छन् ।

एमालेले शनिबार सुरु गरेको अभियानकै क्रममा पछि नहट्ने चेतावनी झापाबाटै दिएको छ । यो अवस्थाले मधेसमा ठूलो रक्तपातको सम्भावना नटर्ने अवस्था निम्तिएको छ । २०६४ सालमा गौरमा पनि दुवै पक्षको यही दम्भका कारण दर्जनौंले ज्यान गुमाउनुपरेको थियो । अहिले पनि दुवै पक्षको यही दम्भका कारण कहालीलाग्दो त्यस्तै घटना निम्तिँदै छ । यसका लागि सुरक्षा निकायले पहिल नै सचेतता अपनाएर सम्भावित नरसंहार रोक्न आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वाईसीएलका पाँच पूर्व उपाध्यक्ष माओवादी केन्द्रको वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त

काठमाडौं, साउन २३ – नेकपा (माओवादी केन्द्र) ले युवा संगठन वाईसीएलबाट बिदा भएका पाँच पूर्व

सूचना प्रविधिको विकास नगरे समयसंगै पछि पर्छौं : मन्त्री पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ, साउन २१ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कृत्रिम बौद्धिकता (एआई) को विकासमा नेपाल

दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने आदेश विरुद्ध सर्वोच्च अदालत जाने तयारीमा महान्यायाधिवक्ता कार्यालय

 साउन २०, २०८२ | तीनकुनेमा गत चैत १५ गते आयोजित राजावादी प्रदर्शनमा संलग्न रहेको आरोपमा पुर्पक्षका

लुम्बिनी विकास कोष नेतृत्वविहीन, प्रशासन ठप्प : कर्मचारी र भिक्षु आन्दोलित

रुपन्देही, साउन १९ ।शान्ति र आध्यात्मिकताको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीको व्यवस्थापनका लागि गठित लुम्बिनी विकास

एमालेको निर्णय: विद्यादेवी भण्डारीबारे बहसमा पूर्ण रोक, झण्डामा सेतोको साटो सुनौलो रङ

काठमाडौं, साउन १२ – नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग सम्बन्धित सबै प्रकारका बहस तथा

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का