अमेरिका छोड भन्दै’ आप्रवासीमाथि गोली प्रहार

timthumbअमेरिकामा एक अर्का भारतीय मुलका नागरिकमाथि गोलि प्रहार भएको छ। वासिंटन राज्यको केन्ट शहरमा ‘आफ्नो देश फर्क’ भन्दै मास्क लगाएका एक गोरा राष्ट्रवादीले ३८ वर्षिया एक भारतय नागरिकमाथि गोली प्रहार गरेका हुन्।

घाइतेको पाखुरामा गोली लागेको छ, उनको स्थानीय अस्पतालमा उपचार भइरहेको अमेरिकी संचारमाध्यमले बताएका छन्। हिजो राति ८ बजे घटेको उक्त घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अमेरिकी प्रहरीले घाइतेको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन।

केही साता अघि अमेरिकाको कनसासमा एक भारतीयको गोली हानि हत्या भएको थियो। एक साता नबित्दै अर्का भारतीयमाथि शनिबार गोली लागि गम्भीर घाइते भएका थिए।

डोनाल्ड ट्रंम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि विदेशी आप्रवासीविरुद्ध घृणा र हत्या बढेको छ। त्यसको मारमा भारतीय पनि परेका छन्। गोली प्रहार गर्ने व्यक्तिले उनीहरूलाई ‘मेरो देश छाडेर भाग’ भनेको सञ्चार माध्यमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।