नयाँ शक्ति कोरियाको संगठनमा असन्तुष्टि छताछुल

depan-253x450नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज दक्षिण कोरियाका सचिवालय सदस्य दिपेन किरातिले पार्टी परित्यागको घोषणा गरेका छन । संगठनको सस्थापक सदस्य समेत रहेका किरातीले सामाजिक सञ्जाल फेसबुक स्टाट्स लेखेर साधारण सदस्य समेत नरहने गरि पार्टी परित्यागको घोषणा गरेका हुन् ।

फेसबुकको स्टाट्समा किराँतीले पार्टीको नीतिमा अत्यन्तै फितलोपन देखिएको साथै कोरियाको संगठन भित्र विचार र निष्ठाको राजनीति भन्दा पदिय लोलुपता र अवसरबादले गाजेका व्याक्तिहरुको हालिमुहाली रहेको आरोप लगाएका छ्न । त्यस्तै हाल अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको संगठनको आकार खुम्चिएर उपभोक्ता समिती जस्तो बनेको आरोप समेत लगाउदै भनेका छन,’ संगठनको लागि हिजो जस्तो सुकै डिफेन्स लिन तयार हुने हस्ती साथिहरु अहिले पुरै निश्कृय बनेका छन । जस्को ज्वलन्त उदाहरणको लागि सेप्टेम्बर १६ को कार्यक्रम र प्रथम अधिबेशनको कार्यक्रमलाई नै लिन सकिन्छ ।’ सेप्टेम्बर १६ मा झण्डै ७०० को हाराहारिमा मानिस उतार्ने संगठनको ४ महिना पछि भएको अधिबेशनमा मुस्किलले १०० जना समेत उपस्थित नभएको बताउदै संगठन अब उपभोक्ता समितिमा सिमित भएको छ भनेका छन । विभिन्न अनलाइन समाचारमा आएका कोरियाको क्षेत्रलाई व्यंग्य गर्दै थपेका छन,’कोरियालाइ संघीयतामा लगेर क्षेत्र निर्धारण गरिएको छ तर सदस्य संख्या लाज मर्नु छ जस्तै म ५ नम्बरको सदस्य रे ५ नम्बरमा जम्मा ५ जना छौ । यो कस्तो क्षेत्र निर्धारण हो रु उनले संक्षिप्तत कुराकानिमा भने ।

प्रथम अधिवेशनको पुर्बसन्ध्यादेखि नै संगठन भित्रका पदाधिकारीमा अत्यन्तै तिक्तता बढेको र हाल जिम्मेवार सदस्यहरु यसरी बाहिरिदा संगठनलाई निकै ठुलो झट्का परेको बताउदै एक केन्द्रिय सदस्यले भने ‘पछिल्लो समयमा संगठन भित्र व्यापक असन्तुष्टि बढेसंगै अत्यन्तै जिम्मेवार साथिहरु पुर्ण रुपमा निश्कृय बन्नु र अन्य साथिहरुले पार्टीनै परित्याग गर्नु संगठनको लागि बिल्कुल शुभ संकेत होइन। नेतृत्वले बेलैमा सकारात्मक भुमिका खेल्न नसके संगठनको साख जोगाउन मुस्किल पर्ने देखिएको छ ।’

को हुन दिपेन किराँती रु

झन्डै साढे २ बर्ष अगाडि कोरिया आएका किराँती तत्कालिन नेकपा माओबादीले गरेको १० वर्षे सशस्त्र जनयुद्धका लडाकु हुन् ।२०५७ सालबाट प्रारम्भिक राजनिती शुरु गरेका किरातिले २०५८ सालमा विद्यालय अनेरास्ववियु पराम्भिक कमिटिअध्यक्ष हुँदै २०५९ साल असार बाट पुर्णकालिन रुपमा भुमिगत भएका हुन् ।

साना ठुला आधा दर्जन भन्दा बढी युद्दमा प्रत्क्ष्य सहभागी भएका किराँती २०६० साल असोज जमारे औशीको दिन खोटाङको सत्यश्वर छिटापोखरी र डाडागाऊ गाबिसको सिमानामा भएको भिडन्तमा समेत समाबेश भएका थिए । त्यसै साल खोटाङ्को यामखा गाबिसबाट पक्राउ परेका किराँतीले विभिन्न सैनिक ब्यारेकहरुमा ११ महिना कठोर हिरासतमा बिताएका छन् भने मानव अधिकारकर्मिको पहलमा २०६१ सालमा मुक्त हुँदै पुन २०६१ सालबाट राजनितिमा सकृय हुँदै आएका छन् । नयाँ शक्ति पार्टीको उदय संगै अन्तर्राष्ट्रिय नेपाली समाज कोरियाको सथापक सचिबालय सदस्य रहेका किराँतीले प्रथम अधिबेशनमा भने महासचिवको उम्मेदवारीबाट पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद