राजदूत भन्छन , ‘नेपालको लोडसेडिङ् अन्त्यमा भारतको हात छ’

dip-kumar (1)काठमाडौं, २० फागुण । भारतका लागि नेपाली राजदुत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन्।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन, नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन, त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ, र स्थानीय तहको निर्वाचन हुनैपर्छ, भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन, र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन्।’ उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने,‘अब चुनाव हुनुपर्छ, त्यो आँफैले गर्ने हो, भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन्।’
राजदुत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले थपे,‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं, गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’
नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्, यो सकारात्मक कुरा हो।’ उनले नेपालमा लोडेसेडिङ् अहिले नहुनुमा पनि भारतको ठूलो हात रहेको स्पष्ट पारे।
उनले अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास दिलाए।
उनले भने,‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं, अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ, यो कुरा सबैलाई थाहा छ।’
नेपाल–भारत द्धिपक्षीय सम्बन्ध विश्वासमा परिणत भएको र अहिले उचाईमा पुगेको बताउँदै राजदुत उपाध्यायले भने,‘अहिले त द्धिपक्षीय ओभरराईड मेकानिज्म बनेको छ, रेलमन्त्री र वित्तमन्त्री पनि हालै काठमाडौं आउनुभयो।’ कुटनीतिज्ञ कला, कौशल राम्रो भयो र संयमित रुपमा प्रस्तुत गर्न सकियो भने द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर हुने उनको विश्वास थियो।
उनले नेपालको समस्याको समाधान नेपाल आँफैले गर्ने भएकोले अरुलाई दोष दिनुभन्दापनि दलहरुवीच एकमत हुनुपर्नेमा जोड दिए। उनले थपे,‘अब चेत्नुपर्छ, समयले कसैलाई पनि प्रतिक्षा गर्दैन्, समय सिमाभित्रै हामीले सबै कामहरु गर्नुपर्छ, समय मुल्यवान छ।’ उनले संविधान कार्यान्वयनमा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उपाध्ययाले थपे,‘जहाज डुब्यो भने सबै डुब्छौं, त्यसैले सबै सचेत भएर लाग्नुपर्छ।’
उनले स्थानीय तहको निर्वाचन धेरै वर्षपछि घोषणा भएकोले यसलाई सबैले भाग लिनुपर्नेमा जोड दिए। त्यस्तै धेरै वर्षपछि लगानी सम्मेलन भएकोले यो अत्यन्तै सकारात्मक काम भएको उनको भनाई थियो। उनले आर्थिक विकासको लागि अब राजनीतिक स्थायित्व आवश्यक रहेको बताए।
त्यस्तै उनले नेपालमा ग्याँस तथा पेट्रोलियम पदार्थ लाईन बसेर लिने झन्झटलाई मध्येनजर गर्दै आईओसी र एनओसीवीच सम्झौता हुन गैरहेको बताए। उनले भने,‘प्रवन्धन त हामीले गर्ने हो नि।’ राजदुत उपाध्ययाले जनतालाई दुःख दिने निर्णयहरु कतैबाट पनि हुन नहुने जिकिर गरे।
कार्यक्रममा क्लबका सभापति ऋषि धमलाले द्धिपक्षीय सम्बन्धलाई सुदृढ र समुधुर बनेकोले अब आर्थिक समृद्धिको लागि दुवै देश मिलेर अघि बढ्ने बेला आएको बताए। उनले थपे,‘नेपाल–भारत सम्बन्ध अत्यन्तै सुमधुर बनेको छ, अब द्धिपक्षीय सम्बन्धलाई विश्वासका साथ आपसी हित र आर्थिक समृद्धिको लागि बढि केन्द्रित गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपाल विद्युत प्राधिकरणद्धारा २४ वटा सौर्य आयोजनको पीपीए स्वीकृत

काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद

सरकारका नीतिप्रति दातृ निकायहरूको समर्थन व्यक्त

काठमाडौं, असोज १० (शुक्रबार)। अर्थ मन्त्रालयमा आज स्थानीय दातृ निकाय र अन्तर्राष्ट्रिय साझेदार निकायका प्रमुखहरूसँग

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

नेपालमा लगानी गर्न कुनै अवरोध छैन : प्रधानमन्त्री ओली

काठमाडौँ, भदौ ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी तथा उद्यम गर्न कुनै अवरोध

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको