देशभरमा फागुन १४ गते नै निर्वाचन सम्पन्न भइसक्नुपर्ने थियो । तर, १८ गते नै सम्पन्न गरिन लागिएको छ । पाटन संयुक्त क्याम्पसको सन्दर्भमा भन्नुपर्दा यो ललितपुर जिल्लाको सबैभन्दा उत्कृष्ट क्याम्पस हो । २०६५ सालमा स्ववियु निर्वाचन भएपनि आठवर्ष पछि मात्रै अहिले बल्ल तल्ल निर्वाचन हुन लागेको छ । यहि बीचमा पाटन संयुक्त क्याम्पसमा थुप्रै स्ववियुका सभापतिहरु निर्वाचित भए । तर कुनैपनि परिवर्तन भएनन् । पाटन संयुक्त क्याम्पसमा अहिले तीनवटा फ्याकल्टीमा पढाई हुने गरेको छ । विज्ञान, मानविकी र व्यवस्थापनमा पढाई हुने यो क्याम्पसमा स्नातकोत्तर तहसम्म पढाई हुने आठवटा विषय छन् भने नेपाल भाषाको केन्द्रीय क्याम्पस नै छ ।
यसरी विद्यार्थीहरुको चापको हिसावले पनि पाटन संयुक्त क्याम्पस अघि नै छ । एमएससी फिजिक्स र बीएससी सिएसआइटी पनि छ । पछिल्लो चरणमा हामीले बीबीए पनि ल्यायौं । यी सबै कारणले पनि पाटन संयुक्त क्याम्पसलाई नमुना कयाम्पस बनाउन अखिल क्रान्तिकारीको आफ्नै एजेण्डा रहेको छ ।
स्ववियु विद्यार्थीहरुको साझा मोर्चा हो अर्थात संघर्षको बैद्यानिक थलो पनि हो । त्यही कारण पनि हिजोका दिनमा विद्यार्थीका थुप्रै समस्याहरुपनि थिए । त्यसैकारण हामीले पटक पटक हाम्रा एजेण्डाहरु स्थापित गर्नका निमित्त आन्दोलन गरेका थियौँ । प्रशासनसँग पटक पटक वार्ताहरु पनि गरिए ।
हामीले स्ववियुमा नेतृत्व गरेपछि दुई किसिमले काम गर्नेछौँ । एक प्राज्ञिक विषयलाई बढि फोकस गर्नेछौँ । दोस्रो भर्नाका झण्झटिलो अवस्थालाई अन्त गर्नेछौँ । अहिले भर्ना भएका विद्यार्थीले सामान्य परिचयपत्र बनाउनकै लागि सहायक क्याम्पस चिफलाई हस्ताक्षर गराउनकै निमित्त कुर्नुपर्ने अवस्था छ । कहिले कर्मचारी नआएर सममस्या रहन्छ । विद्यार्थी पासआउट भएपछि पनि प्रमाणपत्र लिन सक्दैन ।
हिजो भूकम्पका समयमा पनि हामीले क्याम्पस मार्फत थुप्रै स्वयंसेवाका काममा लागेका थियौँ । मानविकीका विद्यार्थीहरुलाई आर्टस् क्लबको स्थापनाले साहित्यिक फाँटमा लाग्न मद्दत पुग्नेछ । साथै क्यारियर क्लब मार्फत बाहिरबाट एक्सपर्टहरु हायर गर्ने र आन्तरिक क्षमतालाई प्रदर्शन गर्न सहयोग गर्नेछौँ ।
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
काठमाडौं । इरानले पूर्व सहायक रक्षा मन्त्री अलीरेजा अक्बरीलाई मृत्युदण्डको सजाय दिएको छ । बेलायतका
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का