ट्रम्प मिडियाप्रति आक्रामक, ह्वाइट हाउसको पत्रकार सम्मेलनमा बीबीसी, सीएनएन, न्यु योर्क टाइम्सलाई प्रतिबन्ध

156060714916976945_10206445608537730_1580947596_nकाठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा त्यहाँका धेरै प्रशारण माध्यम तथा अखवार सम्वाददातालाई अनौपचारिक पत्रकार सम्मेलनमा  भाग लिन प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ ।
बीबीसी, सीएनएन, न्यु योर्क टाइम्स लगायतका मिडियाका संवाददातालाई ह्वाइट हाउसमा  प्रवक्ता सिन स्पाइसरको पत्रकार अन्तरक्रियामा भाग लिन रोक लगाइएको छ ।
तर किन रोक लगाइएको भन्नेबारे कुनै आधिकारिक कारण भने दिइएको छैन ।
तर राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको आलोचना गरेका कारण रोक लगाएको हुन सक्ने अनुमान गरिएको छ ।
यो घटना राष्ट्रपति ट्रम्पले मेरिल्याण्डमा आयोजित एक कार्यक्रममा मिडियाविरुद्ध कडा आक्रमण गर्दै ‘फेक न्युज’ अमेरिकी जनताको शत्रु भएको बताएको केहि घण्टापछि भएको हो ।
यसअघि पनि सीएनएन तथा न्यु योर्क टाइम्सलाई मात्र ट्रम्पले  आक्रमण गरेका थिए ।
हालै ट्रम्पका सहयोगीहरुले गुपचुप रुपमा रसियाका अधिकारीहरुसँग सम्पर्क गरेको बारेको रिपोर्ट प्रकाशित गरेपछि ट्रम्प रिसाएका थिए ।
शुक्रबारको ट्रम्पको सम्बोधन लगत्तै स्पाइसरले आफ्नो कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा फक्स न्युज, एबीसी न्युज, रोयटर्स, ब्रिटबाट न्युज र दि वासिङटन पोस्टलाई मात्र छानीछानी पत्रकार सम्मेलनमा प्रवेश दिइएको थियो ।
सीएनएन बाहेक, पोलिटिको, बजफिडलाई पनि प्रवेश रोकिएको थियो ।
ह्वाइट हाउसको अपमानजनक व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रवेश दिइएका दि एसोसिएटेड प्रेस, यूएसए टुडे, टाइम्स म्यागेजिनले भने पत्रकार सम्मेलन बहिस्कार गरका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबिच भेट

वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री

नेपालको अदालतमा अभिलेख सङ्कट : अबको बाटो कता?

काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन