सारन (अफगानिस्तान), ११ फागुन । अफगानिस्तानको पूर्वी प्रान्त पाक्टिकामा भएको एक बम विस्फोटमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ ।
पाक्टिका प्रान्तको बजार इलाकामा भएको यस मोटरसाइकल बम विस्फोटमा परी कम्ती तीन व्यक्तिको मृत्यु हुनुका साथै अन्य २२ जना घाइते भएका प्रान्तीय सरकारका प्रवक्ताले जानकारी दिएको छ ।
पाक्टिका प्रान्तको जानी खिल जिल्लामा सो विस्फोटन भएको प्रवक्ता मोहमद रहमान आयाजले बताएका छन् । स्थानीय समयाअनुसार मध्याह्न १ बजे सो बम आक्रमण भएको जनाइएको छ । यस आक्रमणमा मारिएका र घाइते भएका सबै व्यक्ति सर्वसाधारण रहेका बताइएको छ । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । रासस/सिन्ह्वा
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, भदौ २९।‘जेन–जी’ आन्दोलनका क्रममा उत्पन्न हिंसात्मक घटनाले नेपालका प्रमुख सरकारी संरचनासहित सर्वोच्च अदालत, विशेष
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन