February 23, 2017

यसरी हुन्छ स्ववियु गठन

१२ फागुन, काठमाडौं । त्रिभुवन विश्वबिद्यालयमा पहिलो पटक मिश्रित प्रणालीबाट स्ववियु चुनाव हुँदैछ । उसले प्रत्येक क्याम्पसमा बिद्यार्थी सङ्ख्याको आधारमा स्ववियु सदस्य निर्धारण गरेको छ ।

त्रिविले प्रत्यक्ष र समानुपातिकबाट आउने संख्या र विधिसमेत निर्धारण गरेको छ । त्रिविका अनुसार २०० बिद्यार्थी रहेको क्याम्पसमा ११ सदस्यीय कार्यसमिति रहनेछ भने अध्यक्ष, महासचिव, कोषाध्यक्ष र तीन सदस्य प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ ।

पदाधिकारी र सदस्यमा ५०/५० प्रतिशत प्रत्यक्ष र समानुपातिक निर्वाचित हुनेछन् । समानुपातिकमा निर्वाचित भएकाहरुले उपाध्यक्ष, सहसचिव लगायतका पदाधिकारी पद पाउनेछन् ।

२ सय बिद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय स्ववियु कार्यसमिति बन्नेछ भने २ सयदेखि १ हजारसम्म बिद्यार्थी भएको क्याम्पसमा १५ जना, १ हजारदेखि ३ हजारसम्म बिद्यार्थी भएमा १९ जना र तीन हजारमाथि बिद्यार्थी भएमा २१ जनाको कार्यसमिति बन्नेछ ।

स्ववियु निर्वाचन देशभर आगामी फागुन १८ गते हुँदैछ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी