ट्रम्प मेरो राष्ट्रपति होइन – प्रदर्शनकारी

protest-against-trumpन्युयोर्क, १० माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गर्ने दशौं हजार प्रदर्शनकारीले ट्रम्प आफ्नो राष्ट्रपति नभएको भन्दै विरोध जनाएका छन् ।

न्युयोर्कमा सोमबार भएको प्रदर्शनमा अमेरिकाका अन्य सहरका नागरिक पनि सहभागी भएका थिए । राष्ट्रपति ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको एक महिना भएकै दिन उनीहरुले प्रदर्शन गरेका हुन् । ट्रम्पले गत जनवरी २० तारिखका दिन राष्ट्रपतिको कार्यभार सम्हालेका  थिए ।

‘मेरो राष्ट्रपति दिवस होइन’ शिर्षकको प्रदर्शनमा अहिले पनि उनका विरुद्धमा जनता छन् भन्ने देखाउन खोजिएको आयोजकले बताएका छन् ।

सत्तरी वर्षीय राष्ट्रपति ट्रम्पको एक महिनाको कार्यकाल अनेक विवाद र वहसकाबीचमा वितेको छ ।

एक महिना पुगेको उपलक्ष्यमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘राष्ट्रपति दिवस खुशीयाली पूर्वक वितोस्, अमेरिकालाई फेरी राम्रो बनाउ’ लेखेका  छन्।

राष्ट्रपति दिवसकै दिन उनले आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा लेफटिनेन्ट जनरल एचआर म्याकमास्टरलाई नियुक्त गरेका छन् । यसअघि नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा उनले म्याकमास्टरलाई नियुक्त गरेका  हुन् ।

ट्रम्पले एक महिना पुगेको दिन विहान ट्रम्प इन्टरनेश्नल गल्फ क्लवमा आयरल्याण्डका चर्चित गल्फ खेलाडी रोरी म्याकइल्रोयसँग गल्फ खेलेका  थिए । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री ओली र चिनका अन्तर्राष्ट्रिय विकास सहायता नियोगका अध्यक्ष चेन बीच सहकार्यबारे छलफल

काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

भारतीय अन्तरिक्ष मिशन स्स्पाडेक्स उपग्रहको सफलतापूर्वक ‘अनडकिङ’ पूरा

नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत