९ फागुन, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित सबैजसो दैनिक पत्रपत्रिकाको फ्रन्टपेजमा सरकारले आज स्थानीय निर्वाचनको मिति घोषणा गर्ने समाचारलाई स्थान दिएका छन् ।
अख्तियार कर्मचारी भन्दै ठगी गर्नेलाई प्रहरीले शनिबार जितपुरबा
ट पक्राउ गरेको छ । प्रसौनी २ मा बस्दै आएका विजेन्द्र चौधरीलाई पक्राउ गरिएको खबर आजको कान्तिपुरमा छ ।
ठगीको घटना सर्लाहीमा भएकाले उनलाई त्यहीँको प्रहरीलाई जिम्मा लगाइएको छ । प्रहरीका अनुसार उनको डेरामा छापा मार्दा मोनिटर, मोबाइल ट्याब, सरकारी नम्बर प्लेट राखिएको २ सय २० सिसीको पल्सर बाइक, सञ्चार सेट (वाकीटकी) र एक लाख ९० हजार लगायत बरामद गरिएको छ ।
नेपाली सेनाको कम्ब्याट पोसाक, निजामती कर्मचारीले लगाउने सरकारी पोसाक, प्रहरीले लगाउने वर्दी र बुट, नेपाली सेनाको नक्कली परिचयपत्र, अरुको नामको सवारी लाइसेन्स समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
चौधरीले सर्लाही हरिऔनबाट तीन लाख रुपैयाँ बराबरको ठगी गरेर फरार भएपछि उनको खाजी सुरु गरिएको हो ।
यससँगै पूर्वाधार सम्मेलनमा भारतीय रेलमन्त्री सुरेश प्रभाकर प्रभुले दिल्ली र कोलकताबाट काठमाडौंमा रेल ल्याउने प्रस्ताव गरेको समाचारलाई खास महत्व दिएको नयाँ पत्रिका दैनिकले ट्यांकर चालकको हडतालले इन्धन अभाव भएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले ‘पूर्वाधार विकासमा निजी क्षेत्रको आस’ शीर्षकको समाचारलाई महत्व दिएको छ ।
हुचर्चित बुढीगण्डकी जलासययुक्त जलविद्युत् आयोजनाको मुआब्जा वितरणमा आलटाल भइरहेको छ । गत मंसिरमा जिल्ला प्रशासन कार्यालयले मुआब्जाका लागि आवेदन माग गरे पनि अहिलेसम्म मुआब्जा वितरण भएको छैन । मुआब्जा वितरणका लागि यस वर्ष सरकारले पाँच अर्ब रुपैयाँ निकासा गरेको थियो । मुआब्जा वितरण नहुँदा आयोजनाको बाँकी कामसमेत अघि बढ्न सकेको छैन । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
मुआब्जा निर्धारण समितिले पहिलो चरणमा घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका डुबानमा पर्ने जग्गाको मुआब्जा निर्धारण गरेको थियो । मुआब्जा निर्धारण गरेर रकम लिन आउन आवेदन माग गरे पनि समितिले काम सुरु नगरेको हो । आन्तरिक काम बाँकी रहेकाले मुआब्जा वितरणमा ढिलाइ भएको गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्वीकार गरे ।
‘वितरणको अन्तीम तयारीमा छौं’, मुआब्जा समितिका संयोजक प्रजिअ बस्नेतले भने, ‘केही आन्तरिक काम बाँकी भएर समय लागेको हो ।’ उनले डुबानमा पर्ने र नपर्ने कित्ताकाटको काम बाँकी रहेको बताए । ‘एउटै कित्ता जग्गा पनि केही डुबान र केही बाहिर छ । त्यो छुट्टयाउन बाँकी छ । अनि सडकले चर्चेको जग्गा पनि छुट्टयाउनु पर्नेछ’, उनले भने, ‘साँझ बिहान गरेर काम गर्दै हुनुहुन्छ । त्यसैले ढिला भएको हो ।’ अहिलेसम्म करिब एक सय जनाको छुट्टयाइसकेको उनले बताए । यही हप्ताभित्रबाट मुआब्जा बाँड्ने तयारी गरिएको उनले बताए ।
तीन गाविसमा गरी करिब एक हजार दुई सय घरधुरीको घर तथा जग्गा डुबानमा पर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उनीहरूमध्ये करिब सात सय जना आवेदन दिन आएका छन् । ‘करिब पाँच सय घरधुरी दर्बुङजस्ता ठूला फाँटमा बस्ने गर्छन्, उनीहरूको आवेदन आएको छैन’, प्रजिअ बस्नेत भन्छन्, ‘उनीहरूले मुआब्जा पुनर्विचारको माग गरेका छन् ।’ उनीहरूको माग पनि माथिल्लो निकायमा पठाएको बस्नेतले बताए ।
पुनर्विचारपछि मुआब्जा बढेर आए अहिले पाइसके पनि थप रकम पाउने उनले बताए । ‘पहिले राजस्व कम तिर्न खेतलाई बारीमा दर्ता गराए, भएको भन्दा कम क्षेत्रफल कायम गरी दर्ता गरे । अहिले धेरै मुआब्जा दाबी गर्न त्यही जग्गालाई खेत कायम गराउन चाहन्छन् । पुनः नापजाँच गरी पुनः क्षेत्रफल कायम गराउन चाहन्छन्’, उनले भने, ‘यस्तै प्राविधिक कामले मुआब्जा वितरणको काम रोकिएको हो ।’
मधेसी मोर्चा पर्ख र हेरको रणनीतिमा भएको समाचारलाई राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकको फ्रन्टपेजमा सहमतिमा ‘लिभिङ टुगेदर’, सम्बन्ध बिग्रिएपछि बलात्कार ! हुने गरेको समाचारले महत्व पाएको छ ।
कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड सुनाइएको समाचारलाई कान्तिपुर दैनिकले फ्रन्टपेजमा प्रकाशित गरेको छ ।
भारतले पूर्वाधार विकासका लागि साढे ३६ अर्ब ऋण दिने समाचारलाई महत्व दिएको गोरखापत्र दैनिकले डेढ प्रतिशत थ्रेस होल्डको प्रस्ताव भएको समाचारलाई एङ्कर बनाएको छ ।
प्रधानमन्त्री उद्घाटनमा व्यस्त भएकोलाई मुख्य समाचार बनाएको नेपाल समाचारपत्र दैनिकले राजधानीमा प्रदूषण बढेको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,
अधिवक्ता: तारा निधि पन्त जलवायु परिवर्तनले आज विश्वका मानिसहरुलाई गहिरो रूपमा प्रभावित गर्दैछ। यो समस्या
साक्रामेन्टो (अमेरिका), भदौ ११ गते। कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगले अमेरिकामा २२ देखि २५ वर्ष उमेर
भदौ ५, काठमाडौं।पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज नयाँ सम्पर्क कार्यालय उद्घाटन