किन लगाए विप्लवका विद्यार्थीले स्ववियु निर्वाचन कार्यालयमा ताला ?

keys-opens-a-lock-cधुलिखेल, २ फागुन । नेकपा माओवादी विप्लवसम्बद्ध विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)ले काभ्रे जिल्लाका सातवटा क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएका छन् । आइतबारदेखि उक्त सङ्गठनले जिल्लाका विभिन्न क्षेत्रमा रहेका क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको हो ।

बनेपामा रहेको चैतन्य बहुमुखी क्याम्पस, काभ्रे बहुमुखी क्याम्पस, पनौतीमा रहेको तेजगङ्गा बहुमुखी क्याम्पस र इन्द्रेश्वर क्याम्पस, धुलिखेल क्याम्पस धुलिखेल, सर्वमङ्गला बहुमुखी क्याम्पस, पाँचखाल र डेडीथुम्का पब्लिक क्याम्पस डेडीथुम्कामा ती विद्यार्थी सङ्गठनले ताला लगाएका हुन् ।

उक्त विद्यार्थी सङ्गठनले अहिले घोषणा गरेको स्ववियु निर्वाचनको मिति उपयुक्त नभएको भन्दै क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा ताला लगाइदिएको चैतन्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जुजुभाइ मानन्धरले बताए ।

अनेरास्ववियु (क्रान्तिकारी)का जिल्ला अध्यक्ष दिनेश सारुले आफ्नो सङ्गठनको कुनै पनि कुराको सुनुवाइ नभएको र तीन विद्यार्थी सङ्गठनले सिन्डिकेट नै लगाएर निर्वाचनमा गएका कारण बाध्य भएर ताला लगाउनुपरेको बताए । ‘हामीले पटक पटक भनेका थियौँ कि हाम्रो पार्टीको अधिवेशन चलिरहेका बेलामा निर्वाचन नगरौँ भनेर तर त्यही समयमा निर्वाचन गर्न समय तोकिदिएका कारण हामीले बाध्य भएर स्ववियु निर्वाचन कार्यालयमा ताला लगाउनुपरेको हो ।’अध्यक्ष सारुले भने । उनले तीन विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनमा सिन्डिकेट नै लगाएको आरोप लगाए ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले क्याम्पसका स्ववियु निर्वाचन कार्यालयमा ताला लगाएको भन्ने जानकारी आए पनि क्याम्पस प्रमुखहरुले जानकारी नै नदिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता

भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने

एमालेको सचिवालय वैठकले केन्द्रिय नेताहरुलाई यस्तो जिम्मेवारी दियो

 २०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी

भारत भ्रमणमा प्रधानमन्त्री प्रचण्डलाई एमालेले दिएको ५ महत्त्वपूर्ण सुझावहरु यस्ता छन्

जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा

ठाकुर गैरे पाल्पा दुईबाट एमालेको एकल उम्मेदवारमा सिफारिस

पाल्पा, भदौ २० गते । विद्यार्थी नेता एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य  ठाकुरप्रसाद गैरे पाल्पा क्षेत्र

२२ हजारलाई एक अर्ब पाँच करोड रुपैयाँ

काठमाडौँ, ११ बैशाख । सामाजिक सुरक्षा योजनाअन्तर्गत सरकारले लगभग सात प्रतिशत अर्थात् एक अर्ब पाँच

एमाले सचिवालयको बैठकले महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउदै

काठमाडौँ, १० बैशाख । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी