सलबलाउन थाले राजधानीमा गुन्डा : दरबारमार्गमा झडप

काठमाडौं, १ फागुन । प्रहरी नेतृत्व फेरिएसँगै काठमाडौंका गुन्डा सलबलाउन थलेका छन् । प्रहरी मुठभेडमा दुई (दिनेश अधिकारी ‘चरी’ र कुमार श्रेष्ठ ‘घैंटे’) गुन्डा नाइके मारिएपछि गुमनामजस्तै रहेका गुन्डाहरु सक्रिय भएका हुन् ।Kutpit-fight

डरले भागेका गुन्डा नाइकेहरु हाल आएर आपसमै भिड्न थालेका छन् । काठमाडौंमा शुक्रबार सुरक्षित र संवेदनशील मानिएको दरबारमार्गमा काभ्रेली समूह र राम गिरी समूहबीच भिडन्त भएको छ ।

गिरीसँग रिसइबी फेर्न मौका पर्खेका दावा भनिने जितेन्द्र लामा नेतृत्वमा रहेको समूहले आक्रमण गरेको हो । कुनै समय ठमेलमा आधार क्षेत्र बनाएर रात्रीकालिन व्यवसायको ठूलो भाग ओगटेको काभ्रेली समुहलाई गिरीले पन्छ्याउँदै गएका थिए ।

प्रहरी प्रशासनसँग नजिकको सम्बन्ध बनाएका गिरीको रात्रीकालिन व्यवसायमा केही प्रहरी अधिकारीको लगानी रहेको चर्चा हुने गरेको छ । दरबारमार्गको झडपमा गिरी घाइते भएको र लामा तथा उनका सहयोगी प्रवीण खड्का पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको