February 10, 2017

राष्ट्रबैंकको कारबाही गर्ने चेतावनी पछि बैंकहरुले नदिने भए गाडी र सेयर कर्जा

माघ,काठमाडौँ । अनुत्पादक क्षेत्रमा लगानी गरेर तरलता अभाव गराएको आरोप खेपेका बाणिज्य बैंकहरुले अब अनुत्पादक क्षेत्रको लगानी रोक्ने भएका छन् ।   वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्न  गरेका छन् । बैंकर्स संघका अध्यक्ष अनिल केशरी  शाहले आज  सबै बैंकका कार्यकारी अधिकृतलाई बोलाएर गरेको छलफलले तत्काल गाडी, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ।। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन्।   बुधबार मात्र अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बैंकका प्रमुखलाई बोलाएर सुध्रन  भनेको थियो । यदि नसुध्रिए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । गभर्नर नेपालले घरजग्गा र सेयरधितो कर्जामा जस्तै गाडीमा पनि ऋणको सीमा तोक्ने अवस्था आइसकेको भन्दै सचेत गराएका थिए। राष्ट्र बैंकले लिएको नीतिलाई पच्छ्याउँदै बैकहरुले अहिले अनुत्पादक शिर्षकमा पर्ने गाडी कर्जा रोक्ने निर्णय गरेका हुन्।   छलफलमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। छलफलको सुरुवातमा गभर्नरसँग भेटका बारेमा शाहले जानकारी गराएका थिए। छलफलमा दुवै उपाध्यक्षहरु किशोर महर्जन र ज्ञानेन्द्र ढुङ्गाना, रत्नराज बज्राचार्य, शशिन जोशीलगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले