February 10, 2017

राष्ट्रबैंकको कारबाही गर्ने चेतावनी पछि बैंकहरुले नदिने भए गाडी र सेयर कर्जा

माघ,काठमाडौँ । अनुत्पादक क्षेत्रमा लगानी गरेर तरलता अभाव गराएको आरोप खेपेका बाणिज्य बैंकहरुले अब अनुत्पादक क्षेत्रको लगानी रोक्ने भएका छन् ।   वाणिज्य बैंकहरुले गाडी तथा घरजग्गामा केही समय ऋण लगानी रोक्न  गरेका छन् । बैंकर्स संघका अध्यक्ष अनिल केशरी  शाहले आज  सबै बैंकका कार्यकारी अधिकृतलाई बोलाएर गरेको छलफलले तत्काल गाडी, घरजग्गा, सेयर धितो ऋण रोक्ने निर्णय गरेको छ।। बैंकहरुले सेयर धितो कर्जा ऋण पनि रोक्ने भएका छन्।   बुधबार मात्र अनुत्पादक क्षेत्रमा ऋण लगानी गरेर तरलता अभाव गराएको भन्दै राष्ट्र बैंकले बैंकका प्रमुखलाई बोलाएर सुध्रन  भनेको थियो । यदि नसुध्रिए कारबाही गर्ने चेतावनी समेत दिएका थिए । गभर्नर नेपालले घरजग्गा र सेयरधितो कर्जामा जस्तै गाडीमा पनि ऋणको सीमा तोक्ने अवस्था आइसकेको भन्दै सचेत गराएका थिए। राष्ट्र बैंकले लिएको नीतिलाई पच्छ्याउँदै बैकहरुले अहिले अनुत्पादक शिर्षकमा पर्ने गाडी कर्जा रोक्ने निर्णय गरेका हुन्।   छलफलमा २७ वटा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए। छलफलको सुरुवातमा गभर्नरसँग भेटका बारेमा शाहले जानकारी गराएका थिए। छलफलमा दुवै उपाध्यक्षहरु किशोर महर्जन र ज्ञानेन्द्र ढुङ्गाना, रत्नराज बज्राचार्य, शशिन जोशीलगायतले बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

इपीएस परीक्षा पास गरेका उम्मेदवारको पक्षमा श्रम मन्त्रालयका तीन निर्णय

पुस २४, काठमाडौं । सरकारले दक्षिण कोरिया रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा उत्तीर्ण

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग