पुरानै स्थानीय निकायको निर्वाचन हुनुपर्ने पक्षमा काँग्रेस

माघ – २६ । स्थानीय निकाय वा तहमा कुन निर्वाचन गर्ने भन्ने स्पष्ट धारणा बनिनसकेको अहिलेको अवस्थामा व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस पुरानै स्थानीय निकायको निर्वाचन गर्ने पक्षमा देखिएnp}ncp5को छ ।

नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको ‘प्रथम पुण्य स्मृति दिवस’का अवसरमा आज आयोजित कार्यक्रममा काँग्रेसका शीर्ष नेताहरुले स्थानीय तहको व्यवस्थापन गर्न समय लाग्ने भएकाले पुरानै निकायको भएपनि निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले पुरानै स्थानीय निकायको निर्वाचन गर्न अन्य दलको पनि सहमति आवश्यक पर्ने भन्दै त्यसमा सहमति नभए इलाकालाई आधार मानेर निर्वाचनमा जान सकिने विकल्प प्रस्तुत गरे ।

स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको अवस्थामा पुरानै निकायको निर्वाचन गर्ने पक्षमा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) लगायत दलहरु भने देखिएका छैनन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको सङ्क्रमणकालीन व्यवस्थाअनुसार राष्ट्रपति, उपराष्ट्रपति र सरकारको निर्वाचन भएको उल्लेख गर्दै सोही व्यवस्थाअनुसार स्थानीय निकायको निर्वाचन किन गर्न नसकिने भनी प्रश्न गरे ।

‘स्थानीय निकायको पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदनमा समस्या देखिएकाले परिमार्जन गर्नु आवश्यक छ’ उनले भने । स्थानीय तहसम्बन्धी ऐन बनाउन र गठन गर्न समय लाग्नेतर्फ इङ्गित गर्दै वरिष्ठ नेता पौडेलले सङ्क्रमणकालीन धाराको प्रयोग गरेर पुरानै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए ।

आयोगको प्रतिवेदनमा जिल्लाबाट सहमतिमा पठाइएअनुसार तहको व्यवस्था नभएको भन्दै विभिन्न जिल्लामा आन्दोलन र विवाद हुनाका साथै मधेस केन्द्रित दलहरुले प्रतिवेदनलाई यथावस्थामा स्वीकार्न नसकिने बताउँदै आएका छन् ।

कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंहले संविधान संशोधनको नाममा निर्वाचन नहुने अवस्था आयो भने संविधान नै ‘कोल्याप्स’ हुने खतरा रहेको औँल्याए । स्थानीय तहको निर्वाचन गर्न समय लाग्ने भए पुरानै निकायको भए पनि निर्वाचन गर्नुपर्ने उनको सुझाव थियो ।

सरकारले आयोगको प्रतिवेदन बुझे पनि विभिन्न जिल्लामा देखिएका विवादपछि प्रतिवेदन अध्ययन गरी सुझाव दिन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको छ ।

कार्यक्रममा अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयनका लागि तत्काल पुरानै निकायको भए पनि निर्वाचन गर्नुपर्ने बताउँदै त्यसपछिमात्र प्रदेश र सङ्घको निर्वाचनमा जान सकिने धारणा व्यक्त गरे ।

मुलुकमा यतिखेर सरकार संविधान संशोधनको प्रस्तावलाई छलफलको प्रक्रियामा लगेर निर्वाचनमा जाने पक्षमा देखिएको छ । मधेस केन्द्रित दलहरु संशोधन पारित नभई निर्वाचनमा जान नसकिने अडान लिएर बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट