February 4, 2017

गच्छादारलाई देशको भन्दा मन्त्रिको लोभ: दुई मन्त्री पाए सरकारमा जाने रे ।

२२ माघ, सप्तरी । मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले दुई मन्त्री र एक राज्यमन्त्री दिए आफ्नो पार्टी प्रचण्ड सरकारमा सहभागी तयार रहेको बताएका छन् । यद्यपि आफू भने सरकारमा नजाने बताए ।

‘दुई वटा दिए अहिले पनि सरकारमा जान सकिन्छ’ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा गच्छदारले भने, ‘म यो सरकारमा जान्नँ । अरु साथीहरुलाई पठाउँछु ।’

यसअघि पनि सरकारमा जाने कुरा भएको तर, प्रधानमन्त्री प्रचण्डBijay-Gachhadarले तत्काल दुई मन्त्री दिन नसकिने बताएकाले नगएको उनले बताए ।

फोरम लोकतान्त्रिका अध्यक्ष गच्छदारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग आफ्नो चाँडै सहमति हुने दाबी गरे । मोर्चाका नेताहरुसँग आफ्नो कुराकानी भइरहेको भन्दै उनले भने, ‘उपेन्द्रजीसहितका नेताहरुसँग मेरो कुराकानी भइरहेको छ । चाँडै सहमति बन्छ ।’

उनले विगतमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा गएर कुनै गल्ती नगरेको बताए । उनले भने, ‘मधेसी मोर्चाका नेताहरुले जे गरे, मैले पनि त्यहीं गरेको हुँ । उनीहरु पनि मत खसाल्न गए, हामी पनि मत खसाल्न गयौं । आखिर के को गल्ती गरें ?’

आफूले त्यसबेला सही कदम चालेको भन्दै उनले भने, ‘कम्तिमा संविधान संशोधन गर्नेसहित आठबुँदे सहमति गराएर प्रधानमन्त्रीलाई मत दिई सरकारमा गएको थिएँ । मोर्चाका नेताहरु त कुनै सहमति नगरी सुशील कोइरालालाई मतदान गरेका थिए ।’

अहिलेको सरकार बनाउन मधेसी मोर्चाले तीनबुँदे सहमति गरेको सदनमा गएको भन्दै उनले भने, ‘हाम्रो पार्टीले पनि सदनबाटै माग पूरा गराउने हेतुले सरकारमा सहभागी भएको थियो ।’

आफू सरकारमा रहँदा मधेसका माग पूरा नभएको स्वीकार गर्दै गच्छदारले सरकार संचालन सजिलो नरहेको प्रतिकृया दिए । ‘त्यत्तिबेला हामीले केहि गर्न सकेनौं ठीक छ, तर बर्तमान सरकारको गठबन्धनले गरेको तीन बुँदे सहमतिमा एक महिनाभित्र सबै मुद्दा फिर्ता लिने सहमति गरेकोमा ६ महिना हुँदासम्म किन फिर्ता भएन् ? यसर्थ सरकार संचालन सजिलो छैन ।’

देश टुक्र्याउने खेल स्वीकार्य छैन

पूर्वउपप्रधानमन्त्री समेत रहेका गच्छदारले देश टुक्र्याउने खेल आफू र आफ्नो पार्टीलाई मान्य हुन नसक्ने बताए । ‘मधेसलाई अलग बनाउनेमा सहमत छैनौं र हुन पनि दिन्नौं’ सिके राउत पक्राउबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा गच्छदारले भने, ‘नेपाललाई टुक्र्याउने खेलमा लाग्ने जोसुकैलाई कारबाही हुनुपर्छ ।’

‘देशलाई तोडछु भन्ने कुरा हाम्रो संविधानमा छ ?, छैन भने त्यस्तो बोल्नेलाई कारबाही गर्नुपर्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति