२२ माघ, काठमाडौं । वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै नवजात एक शिशुको चोरी भएको छ ।
वीरगन्ज उपमहानगरपालि छपकैया-१ निवासी आशादेवी पासवानको जन्मिएको शिशु हराएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (डीएसपी) चक्रराज जोशीका अनुसा आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् । शिशु जन्मेको केही समय पश्चात्त नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई उनी सामान किन्न बाहिर गएकी थिइन् ।
सामान किनेर फर्किदा शिशु र महिला दुवै भेटिएन । अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि अभिभावक र गाँउलेहरुले प्रदर्शन गरेका छन् र अस्पतालका नर्स र डाक्टरहरुको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाएका छन् ।
तर अस्पताल प्रशासनको भने शिशु हराउनुमा अभिभावकको लापरबाही भएको बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरिले पनि केही हदसम्म परिवारबाटै लापरवाही भएको बताएको छ ।
अस्पताल परिषरमा ७ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि सबै बिग्रिएको छ ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार
काठमाडौँ, मङ्सिर ११ । नेपाल राष्ट्र बैंकले एक सय रुपियाँ दरको नयाँ बैंक नोट आजदेखि