अस्पतालबाटै हरायो नवजात शिशु

२२ माघ, काठमाडौं । वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पताल परिसरबाटै नवजात एक शिशुको चोरी भएको छ ।

 

वीरगन्ज उपमहानगरपालि छपकैया-१ निवासी आशादेवी पासवानको जन्मिएको शिशु हराएको हो ।Bachha-chori

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (डीएसपी) चक्रराज जोशीका अनुसा आशादेवी आफ्नी सासुसहित विहान अस्पताल पुगेकी थिइन् । शिशु जन्मेको केही समय पश्चात्त नजिकै रहेकी एक महिलालाई केही समयको लागि शिशु जिम्मा लगाई उनी सामान किन्न बाहिर गएकी थिइन् ।

सामान किनेर फर्किदा शिशु र महिला दुवै भेटिएन । अस्पतालको बेडबाटै बच्चा चोरी भएपछि अभिभावक र गाँउलेहरुले प्रदर्शन गरेका छन् र अस्पतालका नर्स र डाक्टरहरुको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाएका छन् ।

तर अस्पताल प्रशासनको भने शिशु हराउनुमा अभिभावकको लापरबाही भएको बताएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरिले पनि केही हदसम्म परिवारबाटै लापरवाही भएको बताएको छ ।

अस्पताल परिषरमा ७ वटा सिसी क्यामेरा जडान गरिएको भएपनि सबै बिग्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र