विराटनगर, माघ २१ । नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालाले अब कुनैपनि तागतले स्थानीय चुनाव रोक्न नसक्ने बताएका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले अधिकतम् लचकता अपनाउँदा पनि मधेसी मोर्चाले स्थानीय चुनावमा सहमति नजनाएको भन्दै ‘अब जो–कोही नआएपनि चुनाव रोकिँदैन’–भने ।
अधिकतम् सहमतिको आधारमा चुनावमा जान प्रयास गरिरहँदा मधेसी मोर्चा बाधक बने मधेसी दललाई नै बाहिर राखेर भएपनि चुनाव गराउनुपर्ने उनको भनाइ थियो ।
तत्काल चुनवाको मिति घोषणा गरेर संविधान कार्यान्वयनको गति बढाउन कोइरालाले सरकारलाई सुझाव दिए ।
चुनावअघि संविधान संशोधन सम्भव नहुने पनि कोइरालाले प्रस्ट पारे ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार