अधिकांश विद्यार्थी नेता ३०देखि ४० वर्षका : उम्मेदवार बन्न अयोग्य

२१ माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन्। प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन्।Students-leaders-in-Ministry-of-Education

प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन्। केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन्। नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन्। विद्यार्थी नेताहरु आफैंले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् । नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ नकटेका छन् । अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्म्का १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् । नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका