अधिकांश विद्यार्थी नेता ३०देखि ४० वर्षका : उम्मेदवार बन्न अयोग्य

२१ माघ, काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले २८ वर्षे उमेर हदबन्दी तोकेर स्ववियु चुनाव गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । ठूला विद्यार्थी संगठनका नेताहरु चुनावका लागि तयार पनि भइसकेका छन्, तर ती नेताहरु भने स्ववियुमा उम्मेदवार बन्न योग्य छैनन्। प्रायः सबै संगठनका पदाधिकारीले २८ वर्षे उमेर हदबन्दी पार गरिसकेका छन्।Students-leaders-in-Ministry-of-Education

प्रमुख विद्यार्थी संगठनको नेतृत्वमा रहेका पदाधिकारीहरु ३० देखि ४० वर्ष उमेर समूहका छन्। केही विद्यार्थी नेताले भने ४० वर्ष उमेर पनि काटिसकेका छन्। नेविसंघका अधिकांश नेता ३५ देखि ४२ वर्षभित्रका छन् । अध्यक्ष नैनसिंह महरले आफू ४२ वर्ष पुगेको बताए । अनेरास्ववियुका पदाधिकारी अधिकांश ३० देखि ३५ वर्षभित्रका छन्। विद्यार्थी नेताहरु आफैंले बताएको उमेरअनुसार पदाधिकारीमा २६ वर्षदेखि सबैभन्दा बढी ३५ वर्ष उमेरका छन् ।

त्रिवि सभाले कायम गरेको उमेर हदबन्दीअनुसार स्ववियु चुनावमा उम्मेदवार हुन तीन संगठनका पदाधिकारीभित्रका चार नेता मात्र योग्य छन् । नेविसंघका १५ पदाधिकारीमध्ये एकजना मात्र २८ नकटेका छन् । अनेरास्ववियुमा अध्यक्षदेखि विभिन्न आयोग अध्यक्षसम्म्का १७ नेतामध्ये एक र अनेरास्ववियु क्रान्तिकारीमा महासचिवसम्मको २७ सदस्यीय कार्यालय टिममा एकजना मात्र २८ वर्षभन्दा कम उमेरका छन् । नेविसंघका कोषाध्यक्ष शिव रिमाल २८ वर्षमुनिका छन् । उनले आफू २७ वर्ष पुगेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

सबै उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु

कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे