पुर्वमा ठूलो राजनैतिक धु्रविकरण: बाबुरामले क-कसलाई भित्र्याए? (सूचिसहित)

काठमाडौं, २० माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बुधबार मोरङ पुगेका विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई नयाँ शक्तिमा प्रवेश गराए । नयाँ शक्तिको प्रदेश नं. एकको जिम्मेवारी अहिले सामाजिक लोकतान्त्रिक पार्टीबाट नयाँ शक्तिमा आएका पासाङ शेर्पाले सम्हालिरहेका छन् ।Dr-Baburam-Bhattarai

मोरङ जिल्ला परिषदले बुधबार विराटनगरमा आयोजना गरेको ध्रुवीकरण सभामा उनले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गरे । नयाँ शक्ति पार्टीमा प्रवेश गर्नेमा राप्रपादेखि सत्तारुढ माओवादीसम्मका नेता कार्यकर्ता रहेका छन् ।
ध्रुवीकरण सभामा बोल्दै उनले मुलुकसामु एकल जातीय अहंकारवाद र सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै गएको धारणा राखे । उनले ओलीप्रति लक्षित गर्दै ‘एकापट्टी उखान टुक्के नेताले अघि सारेको एकल जातीय अहंकारवादी छ भने अर्कोतिर सिके राउत मार्गको विखण्डनवाद हावी हुँदै जाँदा यो देशलाई विभिन्न बहानामा टुक्राउने कुरा गरेका छन् । दुई खाले अतिवादको प्रतिवाद गर्नु पर्ने समय आएको छ’ भनेर मन्तव्य दिए ।

उनले महेन्द्रकालीन राष्ट्रवादको प्रेतात्मा ओलीको नेतृत्वमा ब्युँझन आँटेको भन्दै उक्त ध्रुवको विरुद्ध जबरजस्त प्रतिध्रुवको स्थापना र नेतृत्व नयाँ शक्तिले गर्नुपर्ने बताउँदै आएका छन् ।
नयाँ शक्तिको एक नम्बर प्रदेश संयोजक शेर्पाका अनुसार बुधबारको ध्रुवीकरण सभामा ५१७ जना विभिन्न पार्टीका नेता तथा कार्यकर्ता नयाँ शक्तिमा प्रवेश गरेका छन् । ५ सय १७ मध्ये यी ११ जनाको नाम प्राथमिकता दिएर शेर्पाले आफ्नो फेसबुकमा पोस्ट गरेका छन् ।

हेर्नुहोस् सूचि-

१) रा.प्र.पा.काे केन्द्रीय सदस्य जगत थापा र नेताहरु विरबहादुर, विराट थापा (माेरङ) लगायतकाे टाेली ।
२) नेपाली काँग्रेसका नेता, सुर्यनारायण ताजपुरीया (झापा) लगायतकाे टाेली ।
३) फाेरम गणतान्त्रिककाे केन्द्रीय सदस्य, भक्कुलाल बिश्वास (माेरङ) सहितकाे टाेली ।
४) नेपाल परिवार दलका केन्द्रीय सदस्य, राधिका पन्थी (माेरङ) लगायतकाे टाेली ।
६) राष्ट्रिय जनमुक्ति पार्टीकाे केन्द्रीय सदस्य अजय अग्रवाल (माेरङ) लगायतकाे टाेली ।
७) नेपाल अादिवासी जनजाती महासंघकाे पूर्व जिल्ला अध्यक्ष देवराज चाैधरी (माेरङ) लगायतकाे टाेली ।
८) महिला अधिकारकर्मी तथा लेखिका मधु राई ।
९) राष्ट्रिय क्रिकेट खेलाडी भरत कार्की लगायतकाे टाेली ।
१०) संघीय समाजवादी क्षेत्र नं. ६ काे प्रत्यक्ष उम्मेद्वार बलराम ऋषिदेव (माेरङ) र समानुपातिक उम्मेद्वार शँकर चाैधरी लगायतकाे टाेली
११) राष्ट्रिय अादिवासी महिला महासँघकाे जिल्ला अध्यक्ष कल्पना मगर (माेरङ) लगायतकाे टाेली सहित विभिन्न पृष्ठभुमीका ५१७ जना नयाँ अभियन्ताहरु

ध्रुवीकरण सभाको अर्को आकर्षण
नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई प्रमुख अतिथि रहेको उक्त सभामा शुभकामना दिन पुगेका थिए पूर्वमन्त्री देवी ओझा । उनले अबको राजनीतिक विकल्प नयाँ शक्ति नै हुन्छ भन्दै शुभकामना दिए ।
त्यसैगरी विशेष अतिथी वक्ता थरुहट तराई पार्टी लाेकतान्त्रिककाे उपाध्यक्षले अब केही दिनमा नै थरुहट तराई पार्टी लाेकतान्त्रिक र नयाँ शक्ति पार्टी, नेपालबीच एकीकरण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

तीनकुने घटना पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा भएकोले ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन्: प्रधानमन्त्री ओली

चैत्र १८, २०८१ | काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले संविधानसभापछि भएको

पूर्वराजाका गतिविधिमाथि निगरानी,  सुरक्षाकर्मी कटौती

 चैत १७, काठमाडौँ । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा तैनाथ  सशस्त्र प्रहरी बल (एपिएफ) को

ट्रम्पको कर दृष्टिकोण बुझ्न कठिन छ : जापानी प्रधानमन्त्री

टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार

झुटो इतिहासले उब्जेको तनाव

 ८ चैत २०८१, शुक्रबार चियाको कपमा तुफान भन्ने टुक्का त आफैँले पनि कति ठाउँमा प्रयोग

भिजिट भिसाको आवरणमा महिला हरुलाई मानव तस्करी गरिदै, सरोकारवाला मौन

People Nepal, काठमाडौं ः भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा मानव