आजका दैनिक पत्रपत्रिकाको फ्रन्टपेजः सरकारले चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र लेख्दै

२० माघ, काठमाडौं । बिहीबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुमा स्थानीय निर्वाचन घोषणाको तयारी, सम्भावना र चुनौती विषयका समाचारहरुले फ्रन्टपेजमा स्थान पाएका छन् ।Paper-Magh-18-2073

अन्नपूर्ण पोस्ट् दैनिकले दलहरुको कमजोरीका कारण तत्कालिन समयमा ज्ञानेन्द्र शाहले १५ महिना शासन गर्ने मौका पाएको विश्लेषणात्मक समाचारलाई मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतले द्वन्द्वकालिन उजुरीसम्बन्धी मापदण्ड खारेज गरिदिएको समाचारलाई महत्व दिएको छ ।

 

नयाँ पत्रिका दैनिकले तत्काल चुनाव घोषणा भए के हुन्छ ? भनेर विश्लेषणत्मक समाचारलाई महत्वका साथ प्रकाशित गरेको छ । त्यस्तै भारतले नेपाललाई दिने अनुदान वृद्धि भएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नागरिक दैनिकले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न सरकारले पत्र लख्ने समाचारलाई महत्व दिएको छ । त्यस्तै आतंकवादविरुद्ध नेपाल सक्रिय भएको समाचारले पनि स्थान पाएको छ ।

कान्तिपुर दैनिकले ‘चुनावको मिति तोकिँदै’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादान खस्कँदै गएको समाचारलाई फ्रन्टपेजमा छापेको छ ।

राजधानी दैनिकले एमालेले मधेशी जनताकै घरमा दुई साता होमस्टे गर्ने घोषणा गरको समाचारलाई प्राथमिकता दिएको छ ।

गोरखापत्र दैनिकले ‘पुनर्संचना प्रतिवेदन परिमार्जन गर्न सकिन्छ’ शीर्षकको समाचार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारका २४ हजार उजुरी परेको समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकले सर्वोच्च अदालतले तामेली मापदण्ड खारेज गरेको समाचारलाई फ्रन्टपेजमा महत्वका साथ प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मुलुकको समृद्धि श्रमबाट मात्रै सम्भव छ : अध्यक्ष साम्पाङ

कात्तिक  १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट