January 26, 2017

इमान्दारले आत्तिनु पर्दैन – विद्युत प्राधिकरण

१३ माघ, काठमाडौं ।  विद्युत प्राधिकरणले सरुवाकै कारण कर्मचारीलाई नतर्सिन अपील गरेको छ । हालै भएको सरुवालाई नियमित प्रक्रिया भएको भन्दै प्राधिकरणले यसबाट त्रसित नहुन कर्मचारीलाई आग्रह गरेको हो ।

बिहीबार एक प्रेश विज्ञप्ति जारी गर्दै प्राधिकरणले ग्राहक सेवा निर्देशनालय अन्तरगत सरुवा भएका कर्मचारीलाई आफ्नो तेकिएको कार्यक्षेत्रमा उच्च मनोबलका साथ काम गर्न अनुरोध गरेको छ ।nea-apeal

 

प्रवक्ता प्रबल अधिकारीले जारी गरेको विज्ञप्तिमा प्राधिकरणको प्रचलित विनियमावलीअनुसार सेवाअवधि पुगेका कर्मचारीलाई साउन र माघमा सरुवा गर्ने व्यवस्थाअनुरुप पछिल्लो काम गरिएको स्पष्ट गरिएको छ ।

प्राधिकरणले सुरुवातलाई विद्युत चुवाहट र लोडसेडिङसँग जोडेर नहेर्न पनि आम सर्वसाधारणलाई अपील गरिएको छ । विज्ञप्तिमा प्राधिकरणले कसूरजन्य काममा संलग्नलाई कारवाही गर्ने दोहोर्‍याउँदै इमान्दारितापूर्वक काम गर्ने कर्मचारीको दक्षता र क्षमता अभिबृद्धिका लागि समयसापेक्ष निर्णयहरु गर्ने प्रतिवद्धता जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट