January 21, 2017

केपी ओलीले दिए सरकार ढाल्ने चेतावनी

पिपुल नेपाल
८ माघ, भक्तपुर। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनमा नगए सरकारलाई टिपेर फाल्ने चेतावनी दिएकमा छन् ।oli photo

शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई निर्वाचन गराउने कि नगराउने भनेर प्रश्न गरेका छन् । ‘कुनै चलाखीको काम छैन । सोझो कुरा गर्नुस्, चुनाव गराउने हो कि होइन ?’ उनले अघि भने, ‘चुनाव नगराउने भए तत्काल छाड्नुस् । छोड्न गाह्रो लाग्छ भने हामी टिपेर परतिर राख्छौं ।’

निर्वाचन गराउनुपर्ने सरकारले ६ महिनासम्म सिन्को नभाँचेको भन्दै उनले २०७४ मंसीर दोस्रो साताभित्र तीनै तहको निर्वाचन गराउन तयार नभए सरकार हटाउन आफूहरु बाध्य हुने बताए ।

उनले मुलुकलाई नोक्सान हुने कुनै पनि खालको गतिविधि हुन नदिने बताए । सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई वृष वृक्ष भन्दै उनले त्यसलाई कुनै हालतमा हुर्कन नदिन आफनो पार्टी प्रतिवद्ध रहेको बताए ।

एमाले अध्यक्ष ओलीले मुलुकलाई नोक्सान पुर्‍याउन विभिन्न गतिविधि भइरहे पनि त्यसलाई रोक्न आफनो पार्टी सफल हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले