‘जसले र्‍यापलाई समाजसँग जोडे’

laura-yanयम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुन तिर भएको हो। त्यतिबेला म पोखरामै थिएँ। र्‍याप त गाउथेँ तर मिल्दो टिम भेटिरहेको थिइनँ। र्‍यापकै कारण उनीसँग मेरो मित्रता पनि गहिरिँदै गयो। त्यति बेला काठमाडौंमा कोलिन विक्रम राणा र यम बुद्ध मिलेर र्‍याप ब्याटल सञ्चालन गरिरहेका थिए। एक दिन यम वुद्धले मलाई फोन गरे। ‘तिमी पनि काठमाडौं आएर र्‍याप ब्याटलमा सहभागि हुनु पर्‍यो। र्‍यापलाई सबै मिलेर माथि लैजानु पर्‍यो। सहयोग गर’, उनले फोनमा भने। प्रस्ताव राम्रो लाग्यो। म काठमाडौं गए। र्‍यापमा सहभागी पनि भए। दोस्रो, तेस्रो पटक पनि गएर त्यहाँ गएर गाएँ।

त्यसपछि हामीले देशव्यापीरुपमा कन्सर्ट पनि गर्‍यौं। जसले ‘नेपहप’ लाई निकै माथि पुर्‍यो। त्यतिबेला हामी पोखरा, काठमाडौं र धरान सँगै गयौं। धरान जानु दुई महिना अघि नेपालगञ्जमा हामीले सँगै कन्सर्ट गरेका थियौं। त्यसपछि उ युके गयो। म कन्सर्टको लागि यूके जाँदा फोनमा कुरा भएको थियो तर भेट्न सकिनँ। उसले पछिल्लो पटक नयाँ एल्वम ‘खतरा’ को लागि तयारी गरिरहेको थियो। बेला बेला हामीबीच नेपाली र्‍यापलाई कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी हुन्थ्यो। अरु धेरै र्‍याप गाउने साथीहरुसँग भेट हुँदा र्‍यापको लिरिक्सबारे मात्र कुरा गर्ने म यमबुद्धसँग भेट हुँदा भने सांगीतिक कुरा मात्र नभएर पारिवारिक कुरा पनि गर्थें। यम बुद्ध, भाउजु र म पोखरा घुमेका पनि छौं। वास्तवमा ती पलहरु हाम्रा सुन्दर क्षण थिए।

एक दिन यम वुद्धले मलाई फोन गरे। ‘तिमी पनि काठमाडौं आएर र्‍याप ब्याटलमा सहभागि हुनु पर्‍यो। र्‍यापलाई सबै मिलेर माथि लैजानु पर्‍यो। सहयोग गर’, उनले फोनमा भने। प्रस्ताव राम्रो लाग्यो। म काठमाडौं गए। र्‍यापमा सहभागी पनि भए। दोस्रो, तेस्रो पटक पनि गएर त्यहाँ गएर गाएँ।

नेपाली र्‍यापलाई यहाँ सम्म ल्याउनको लागि यम बुद्धले धेरै योगदान गरेको छ। सडकबाट व्यवसायिक स्थितिमा ल्याउने योगदानको श्रेय उसलाई नै दिनुपर्छ। सडकमा बसेर गाउने र्‍यापलाई उसले स्टेजमा पुर्‍यायो। ‘आवाराहरुको’ झुण्ड भन्ने विल्लाबाट मुक्त गराउने श्रेय पनि उसले नै पाउँछन्। बच्चा, युवा देखि बुढापाका सम्म आज र्‍याप सुन्छन्। यसको लागि यम बुद्धले धेरै मेहनत गरेको छ।

कुनै समय र्‍याप केटी र पैसाबारे मात्र गाउने गरिन्थ्यो। तर यम बुद्धले र्‍यापलाई समाजसँग जोड्यो। गीतको रुपमा नलिइने र्‍यापलाई उसले गीत बनायो। यसैमा जीवन देख्यो। ‘साथी’ भन्ने उसको गीत यसैको नमुना थियो। यही गीतले पनि नेपाली र्‍यापलाई माथि ल्यायो।

यम बुद्ध र मेरो एउटा पनि गीत सँगै छैन। सँगै गीत गाउने इच्छा थियो। हामीबीच यसबारे कुरा पनि भएको थियो। तर अब यो अधुरै रह्यो। उ सधैँ सकारात्मक मान्छे हो। सकारात्मक सोच भएको व्याक्ति हो। उ सँधै र्‍याप संगीतको बारेमा चिन्तित हुन्थ्यो। जिम्मेवारी बोध गर्ने, कडा परिश्रमी, मिलनसार र इमोसनल व्याक्तिको रुपमा म यम बुद्धलाई स्मरण गर्छु। उसले सानो कुरामा चित्त दुखाउँथ्यो भने सानो कुरामा नै खुशी हुन्थ्यो। यस प्रकारको उसको स्वभाव थियो। आज यम बुद्ध हामीसँग छैन भनेर विश्वास गर्न पनि कठिन भैरहेको छ। एउटा प्रतिभा, एक असल साथीलाई गुमाउनु पर्दा मलाई पीडा भइरहेकाे छ।

(र्‍याप संगीतमा लाहुरे नामले परिचित पोखराका र्‍याप गायक आशिष रानासँग प्रशान्त लामिछानेले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मितव्ययिताको नाममा कानुन र संविधानविपरीत कार्य गर्न नमिल्ने भन्दै बिज्ञापन सम्बन्धि सरकारको निर्णय सर्वोच्चद्वारा खारेजी

बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो

देशभरका अदालतले एक वर्षमा ५५ प्रतिशत मुद्दा फर्स्योट

सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४

काठमाडौँसहित ३५ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णय सर्वोच्चद्वारा बदर

काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको