‘जसले र्‍यापलाई समाजसँग जोडे’

laura-yanयम बुद्धसँग मेरो पहिलो भेट २०१३ को जुन तिर भएको हो। त्यतिबेला म पोखरामै थिएँ। र्‍याप त गाउथेँ तर मिल्दो टिम भेटिरहेको थिइनँ। र्‍यापकै कारण उनीसँग मेरो मित्रता पनि गहिरिँदै गयो। त्यति बेला काठमाडौंमा कोलिन विक्रम राणा र यम बुद्ध मिलेर र्‍याप ब्याटल सञ्चालन गरिरहेका थिए। एक दिन यम वुद्धले मलाई फोन गरे। ‘तिमी पनि काठमाडौं आएर र्‍याप ब्याटलमा सहभागि हुनु पर्‍यो। र्‍यापलाई सबै मिलेर माथि लैजानु पर्‍यो। सहयोग गर’, उनले फोनमा भने। प्रस्ताव राम्रो लाग्यो। म काठमाडौं गए। र्‍यापमा सहभागी पनि भए। दोस्रो, तेस्रो पटक पनि गएर त्यहाँ गएर गाएँ।

त्यसपछि हामीले देशव्यापीरुपमा कन्सर्ट पनि गर्‍यौं। जसले ‘नेपहप’ लाई निकै माथि पुर्‍यो। त्यतिबेला हामी पोखरा, काठमाडौं र धरान सँगै गयौं। धरान जानु दुई महिना अघि नेपालगञ्जमा हामीले सँगै कन्सर्ट गरेका थियौं। त्यसपछि उ युके गयो। म कन्सर्टको लागि यूके जाँदा फोनमा कुरा भएको थियो तर भेट्न सकिनँ। उसले पछिल्लो पटक नयाँ एल्वम ‘खतरा’ को लागि तयारी गरिरहेको थियो। बेला बेला हामीबीच नेपाली र्‍यापलाई कसरी अघि बढाउने भन्नेबारेमा कुराकानी हुन्थ्यो। अरु धेरै र्‍याप गाउने साथीहरुसँग भेट हुँदा र्‍यापको लिरिक्सबारे मात्र कुरा गर्ने म यमबुद्धसँग भेट हुँदा भने सांगीतिक कुरा मात्र नभएर पारिवारिक कुरा पनि गर्थें। यम बुद्ध, भाउजु र म पोखरा घुमेका पनि छौं। वास्तवमा ती पलहरु हाम्रा सुन्दर क्षण थिए।

एक दिन यम वुद्धले मलाई फोन गरे। ‘तिमी पनि काठमाडौं आएर र्‍याप ब्याटलमा सहभागि हुनु पर्‍यो। र्‍यापलाई सबै मिलेर माथि लैजानु पर्‍यो। सहयोग गर’, उनले फोनमा भने। प्रस्ताव राम्रो लाग्यो। म काठमाडौं गए। र्‍यापमा सहभागी पनि भए। दोस्रो, तेस्रो पटक पनि गएर त्यहाँ गएर गाएँ।

नेपाली र्‍यापलाई यहाँ सम्म ल्याउनको लागि यम बुद्धले धेरै योगदान गरेको छ। सडकबाट व्यवसायिक स्थितिमा ल्याउने योगदानको श्रेय उसलाई नै दिनुपर्छ। सडकमा बसेर गाउने र्‍यापलाई उसले स्टेजमा पुर्‍यायो। ‘आवाराहरुको’ झुण्ड भन्ने विल्लाबाट मुक्त गराउने श्रेय पनि उसले नै पाउँछन्। बच्चा, युवा देखि बुढापाका सम्म आज र्‍याप सुन्छन्। यसको लागि यम बुद्धले धेरै मेहनत गरेको छ।

कुनै समय र्‍याप केटी र पैसाबारे मात्र गाउने गरिन्थ्यो। तर यम बुद्धले र्‍यापलाई समाजसँग जोड्यो। गीतको रुपमा नलिइने र्‍यापलाई उसले गीत बनायो। यसैमा जीवन देख्यो। ‘साथी’ भन्ने उसको गीत यसैको नमुना थियो। यही गीतले पनि नेपाली र्‍यापलाई माथि ल्यायो।

यम बुद्ध र मेरो एउटा पनि गीत सँगै छैन। सँगै गीत गाउने इच्छा थियो। हामीबीच यसबारे कुरा पनि भएको थियो। तर अब यो अधुरै रह्यो। उ सधैँ सकारात्मक मान्छे हो। सकारात्मक सोच भएको व्याक्ति हो। उ सँधै र्‍याप संगीतको बारेमा चिन्तित हुन्थ्यो। जिम्मेवारी बोध गर्ने, कडा परिश्रमी, मिलनसार र इमोसनल व्याक्तिको रुपमा म यम बुद्धलाई स्मरण गर्छु। उसले सानो कुरामा चित्त दुखाउँथ्यो भने सानो कुरामा नै खुशी हुन्थ्यो। यस प्रकारको उसको स्वभाव थियो। आज यम बुद्ध हामीसँग छैन भनेर विश्वास गर्न पनि कठिन भैरहेको छ। एउटा प्रतिभा, एक असल साथीलाई गुमाउनु पर्दा मलाई पीडा भइरहेकाे छ।

(र्‍याप संगीतमा लाहुरे नामले परिचित पोखराका र्‍याप गायक आशिष रानासँग प्रशान्त लामिछानेले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

तीन महिनामा सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन – यस्तो छ पुनर्गठित मन्त्रीपरिषद्

१७ चैत,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रीपरिषदमा

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

उपनिर्वाचनका लागि २६ वटा राजनीतिक दल दर्ता

१७ चैत,काठमाडौं । २०८० साल वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नं.१ र बारा

आठ महिनामा इन्डोनेसियासँग मात्र ३० अर्बभन्दा माथिको व्यापार घाटा

१७ चैत,काठमाडौं। चालु आर्थिक वर्ष २०७९/८० साउनदेखि फागुनसम्ममा इन्डोनेसियासँग मात्र नेपालको व्यापार घाटा ३० अर्ब

इटहरीमा वडा कार्यालय र प्रहरीको गाडी तोडफोड,आन्दोलन हिंसात्मक बन्दै

१७चैत,काठमाडौं। कोसी प्रदेश नामकरणको विषयलाई लिएर आन्दोलन गरिरहेका पहिचानवादीहरूको आन्दोलन हिंसात्मक बन्न थालेको छ ।

धुलिखेलमा सुरु भयो क्यूआर स्क्यान ‘नम्बरिङ सिस्टम’

चैत १७, २०७९, काठमाडौं । धुलिखेल नगरपालिकाले नेभिगेसनमा आधारित हाउस नम्बरिङ सिस्टम प्रयोग गर्न  थालेको