सेयर बजार १२८० टेवा परिक्षणमा, ‘डेड क्याट बाउन्स’ होला कि बढ्ला बजार ?

chart-2-1024x683

१८ माघ, काठमाडौं । नयाँ लगानीकर्ताले बजार धान्न सक्ने गरि सेयर माग नरहेको ब्रोकरहरुले बताउँदै आएपनि बजारमा तीव्र उतारचढाव सहित सुधार आएको छ । मंगलबार नेप्से १७ अंकले बढेर १३२६ बिन्दुमा आइपुगेको छ ।

केही नयाँ लगानीकर्ताहरुको प्रवेशले पनि बजार बढाएको हो । बजारमा लगानी गर्न तयार रहेका तर मौका कुरीरहेका लगानीकर्ताहरुले मंगलबार खरिददारी बढाएका हुन् । यस दिन कारोबार रकम पनि उच्च अर्थात् ५२ करोड हुनुले पनि बजारमा लगानीकर्ता रहेको देखाउँछ । यद्यपी यो वृद्धि अल्पकालिन वा दिर्घकालिन के हो भनेर भन्न सकिने अवस्था भने रहेको छैन् ।

त्यस्तै, नेप्सेले १२८० को आसपासमा सानो तिनो टेवा परिक्षण गर्ने सम्भावना रहेकोले पनि १२९० को बिन्दुमा नेप्सेको यो टेवा परिक्षण हुने देखिन्छ । नेप्सेले यसै दिनपनि १२९० मा दुई पटक टेवा परिक्षण गरेर बजार उकालो लागेको थियो । तर, यसैदिनको उच्च बिन्दु १३३४ बिन्दुलाई नेप्सेले पार गर्न नसकेकोले पनि यो टेवा दरिलो हुने नहुनेमा यकिन गर्न सकिने अवस्था छैन् । प्राविधिक विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताको जमात बढ्दै गएको यसले देखाउँछ । यो टेवा यसअघि बलियो नदेखिएपनि मंगलवार यसै बिन्दुमा नेप्से दुई पटक पुगेर फर्किएकोले लगानीकर्ताहरुले पर्ख र हेरको अवस्थामा रहनु सही हुन्छ ।  बजार वृद्धि कायम हुन नकसकेमा भने यो डेड क्याट बाउन्स ब्याक अर्थात् मरेको बिरालो फाल्दाको उफ्राई मात्र साबित हुने  ।

बैंकहरुमा कर्जा योग्य लगानी अभाव कायम रहेपनि बचतकर्ताहरुले मुद्धती योजनामा हालसम्म पाउँदै आएको १२ प्रतिशतको उच्च व्याज दर अब यी योजनामा सहभागी हुन चहाने नयाँ बचतकर्ताले पाउँने नपाउँने अनिश्चित बन्दै गएको छ । केही बैंकले अब बन्ने नयाँ बचतकर्तालाई यही दरमा ब्याज दिन/नदिने सोच्न थालेका छन् । तर सबै बैंकले यस्तो निर्णय गरेका छैनन्, यसले अन्य बैंकहरुमा बिकल्प रहने सक्ने कुरा नकार्न सकिदैन् । तर सेयर धितोमा नै नयाँ कर्जा प्रवाह हुन भने समय लाग्ने छ ।

वाणिज्य बैंकहरुको मूल्य अझै उच्च भइनसेकेको मान्ने लगानीकर्ताहरु पनि रहेकोले बजारमा मंगलवार यस्तै सेयरमा आकर्षण देखिएको छ । दोस्रो त्रैमाशमा १ अर्बभन्दा बढि नाफा गरेको प्रभु बैंक मंगलबार प्रमुख कारोबार गर्ने बैंकहरु मध्ये पाँच स्थान भित्र रहनुले पनि यही संकेत गर्छ । नकारात्मक वित्तीय विवरण सकारात्मक बन्दै गएको यस बैंकको सेयर मूल्य पनि तुलनात्मक रुपमा सस्तो छ । मंगलबार बैंकको सेयर २ सय ९९ रुपैयाँमा कारोबार भयो ।

सिद्धार्थ बैंकको बुक क्लोजअघिको कारोबार भएकोले पनि सेयर कारोबार बढेको छ । बैंकले प्रस्ताव गरेको ३९ प्रतिशत बोनस सेयर (यसअघिको हकप्रदले समेत पाउने गरी) को बुक क्लोज माघ २० गते तोकेको छ । १९ गतेसम्म सेयर स्वामित्व हुनेले बोनस पाउँने भएकोले आकर्षण बढेको छ । बैंकले पुनः ३० प्रतिशत हकप्रद सेयर दिने बिशेष प्रस्ताव पनि लगेको छ ।
धेरै समयदेखि अवमूल्यन भएको मानिदै आएको नेपाल टेलिकममा पनि लगानीकर्ताको आकर्षण बढेको छ । कम्पनीको मूल्य अन्त्यमा घटेपनि कारोबार रकमको आधारमा साधारण सेयर तर्फ सबैभन्दा अग्रस्थानमा छ ।

बजारमा अनलाईन टेड्रिङको सुविधा चाँडै शुरु हुन लागेको खबर प्रसारित भएपनि पनि बजारमा सकारात्मक प्रभाव परेको हो । अनलाईन टेड्रिङ प्रक्रियामा जाने तयारी भने भएको नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने । प्रक्रिया शूरु भएपनि सफ्टवेयर बनाउँने र त्यसलाई परिक्षण गर्ने लगायतमा काम हुन भने केही समय लाग्नेछ ।
यस दिन सबैभन्दा धेरै वृद्धि होटेल र बैंकिङ समूहको सुचकमा भएको छ ।  होटेल समूह ६ प्रतिशत र बैंकिङ समूह २ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक