चुरोट र रक्सीपछि चिनीजन्य पेयको बिक्री पनि नियमन गरिने: स्वास्थ्यमन्त्री थापा

 स्वास्थ्य मन्त्रालयले चुरोट र रक्सीजस्तै चिनीजन्य पेयपदार्थको बिक्री पनि नियमन गर्ने भएको छ।timthumb (4)
पोखरामा जारी नेपाल साहित्य महोत्सवको अन्तिम दिन ‘चाँदीको घेरा’ शीर्षक कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री गगन थापाले उक्त जानकारी दिएका हुन्।
‘मोटोपनाको समस्या समाधान गर्न हामीले सुगरी ड्रिङ्क्स (चिनीजन्य पेय) बेच्न पाउनेमा नियमन सुरु गरिसक्यौं,’ मन्त्री थापाले कार्यक्रममा भने। यसका लागि चिनीजन्य पेयको बिक्री नियमन गर्न कानुन ल्याउने तयारी भइरहेको बताए।
चिनीजन्य पेयका कारण मोटोपना बढेको विभिन्न अध्ययनले समेत पुष्टि गरेको छ। विभिन्न देशले यसको उपभोग निरुत्साहित गर्न राजस्व वृद्धि लगायत उपाय अपनाउन थालेका छन्।
नेपालमा भने अहिलेसम्म यस्ता पेयपदार्थको बिक्री नियन्त्रण तथा नियमन गर्ने कानुन छैन। स्वास्थ्य मन्त्रालयले केही दिनअघि तोकिएको ठाउँबाट मात्र चुरोट, खैनीलगायत सूर्तीजन्य वस्तु बिक्री गर्न पाइने नियम लागू गरेको थियो। चिनीजन्य पेयका हकमा पनि कसरी बिक्रीलाई नियमन गर्न सकिन्छ भनी कानुन ल्याउने तयारी भइरहेको स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले सेतोपाटीलाई बताए।
‘सूर्तिजन्य पदार्थको बिक्री तोकिएको ठाउँबाट मात्र गर्न पाइने नियम ल्याएजस्तै चिनीजन्य पेयपदार्थलाई पनि नियमन गर्ने तयारीमा छौं,’ उनले भने, ‘हामीकहाँ त मादक पदार्थ नियमनको पनि छुट्टै कानुन छैन। हामी त्यो पनि बनाउँदै छौं।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन