छापामा आजः सहकारीको लगाम खुलाउनेदेखि थर्मोमिटरसमेत नभएका अस्पतालसम्म

छापामा आजः सहकारीको लगाम खुलाउनेदेखि Paper-Magh-18-2073थर्मोमिटरसमेत नभएका अस्पतालसम्म

 

१८ माघ, काठमाडौं । आजका बिभिन्न पत्रिकाहरुले सरकार र मधेसी मोर्चाबीचको बैठकलाई प्राथमिकताका साथ छापेका छन् । सोमबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग चुनावबारे धारणा मागेका थिए ।

नागरिक दैनिकले सो बैठकमा मधेसी मोर्चाले पहिले प्रदेशको चुनाव हुनुपर्ने अडान राखेको समाचारलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले नै नेपालका दुई प्रतिशत अस्पतालमा थर्मोमिटरसमेत नभएको समाचार पनि छापेको छ । उसले पोखरामा जारी नेपाल साहित्य सम्मेलनको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

नयाँ पत्रिका दैनिकले प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चालाई निर्वाचनको तयारी गर्दा के हुन्छ ? भाषा र राष्ट्रिय सभा गठनबारुेको परिमार्जन मान्ने कि नमान्ने ? र स्थानीय तहको प्रतिवेदन संशोधनप चिुनावमा जाने कि नजाने ? भनेर तीन प्रश्न सोधेको भन्दै समाचार लेखेको छ । जवाफमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन नगरी निर्वाचनको कुरै सुन्न नचाहेको नयाँ पत्रिकाले लेखेको छ ।

यसैगरी कर्मचारीहरुका सन्ततिको छात्रवृत्तिमा राज्य कोषबाट झण्डै ५१ करोड रुपैयाँ वितरण भएको समाचार पनि प्राथमिकता साथ नयाँ पत्रिकामा छापिएको छ ।

नयाँ पत्रिकामै एक प्रतिशत स्वास्थ्य संस्थामा मात्र निःशुल्क औषधि पाइने गरेको र नेपाल-भारत संयुक्त अनुगमन संयन्त्र बैठकमा नेपालले सहुलियत ऋण निकासा गर्न माग गरेको समाचार पनि प्राथमिकताका साथ प्रकाशित छ ।

कान्तिपुर दैनिकले यथास्थितिमा चुनावमा नजाने मधेसी मोर्चाले अडान लिएको, सांसदहरुले सहकारीका लगाम खोल्ने गृहकार्यमा जुटेको समाचारलाई प्रथामिकताका साथ प्रकाशित गरेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालसँग डिभोर्स गर्न मधेसी मोर्चाले चेतावनी दिएको समाचारलाई प्रमुख स्थान दिएको छ । यसैगरी सगरमाथा आधार शिविरमा उद्धारको बेवास्ताले गर्दा पर्यटकको मृत्यु भएको र अवैधानिक नेपाल ओलम्पिक कमिटी (एनओसी) अध्यक्ष जीबनराम श्रेष्ठसँग खेलकुद मन्त्रालयका सचिवसहितका उच्च अधिकारीहरु विदेश भ्रमणमा निस्किएको समाचारलाई पहिलो पृष्ठमा स्थान दिइएको छ ।

राजधानी दैनिकले मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री असफल भएको, लोकमानमाथि महाअभियोग सिफारिस नहुने, सार्क सहसचिवस्तरीय बैठक काठमाडौंमा, सुपुर्दगी सन्धि गर्न प्रहरी दबावमा लगायतका शीर्षकका समाचाहरु पहिलो पृष्ठमा छापिएको छ ।

नेपाल समाचारपत्र दैनिकले धुँवा धूलो नियन्त्रण गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको, भूकम्पले क्षतिग्रस्त राणाकालीन दरबार गर्ने भन्नेमा अन्योल कायमै रहेको र मधेसी मोर्चा र प्रधानमन्त्रीबीचको बैठकमा कुरा नमिलेको समाचारलाई पहिलो पृष्ठमा स्थान दिएको छ ।

गोरखापत्र दैनिकले निर्वाचनको मिति घोषणामा सहयोग गर्न प्रधानमन्त्रीले मधेसी मोर्चालाई आग्रह गरेको, सर्वोच्च अदालतको न्यायाधीशमा तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको, सार्बजनिक लेखा समितिको सभापतिमा डोरप्रसाद उपाध्यक्ष निर्वाचित भएको समाचारहरुलाई प्राथमिकताका साथ छापेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका