चाणक्य नीति- महिला होस् या पुरुष यी ४ काम सकेपछि नुहाउनुपर्छ

बिहान उठेपछि प्रायजसो मानिसहरु फ्रेस हुनका लागि नुहाउने गर्छन् । तर चाणक्यले भने केही यस्ता अवस्थाहरु बताएका छन् कि त्यसपछि नुहाउनु जरुरी हुन्छ । उनका अनुसार स्त्री होस् या पुरुष स्वास्थ्यका लागि त नुहाउनै पर्छ । चाणक्य  नीतिका अनुसार यी चार काम सकेपछि नुहाउनुपर्छ ।Chanakya-Niti

तेल मालिश गरेपछि नुहाउनुपर्छ
चाणक्यले बताएअनुसार स्वस्थ शरीर र चमकदार छालाका लागि हप्तामा कम्तीमा एकपटक पुरा शरीरमा तेल मालिश गर्नुपर्छ । तेल मालिशपछि शरीरमा भएका रोम छिद्रहरु खुल्छन् र भित्रका विकार पदार्थहरु बाहिर निस्कन्छन् । यसकारण तेल मालिश गरेको केही समयपछि नै नुहाउनुपर्छ । तेल मालिशपश्चात ननुहाई बाहिर जानु अशुभ मानिन्छ ।

शवयात्राबाट फर्केपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार मलामी गएर फर्केपछि पनि नुहाउनुपर्छ । किनकी घाट वरिपरी भएका किटाणुहरुले हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ । यदि ननुहाई बसेमा कपडा वा शरीरका अन्य भागमा किटाणुहरु हुनसक्छन्, जसले हाम्रो शरीरलाई असर गर्नसक्छ ।

यौनसम्पर्क गरेपछि नुहाउनुपर्छ
स्त्री होस् या पुरुष यौनसम्पर्क गरेपछि नुहाउनु जरुरी मानिन्छ । किनकी उक्त समयमा महिला तथा पुरुष दुवै अपवित्र हुन्छन् । चाणक्य नीतिका अनुसार यदि कोहि यौनसम्पर्कपछि पनि नुहाउँदैन भने ऊ कुनैपनि धार्मिक कामका लागि योग्य हुन सक्दैन ।

कपाल काटेपछि नुहाउनुपर्छ
चाणक्य नीतिका अनुसार कपाल काटेपछि नुहाउनुपर्छ । कपाल काटेपछि पुरै शरीरभरि कपालका स-साना टुक्राहरु झरेका हुन्छन् । त्यसकारण कपाल काटेपछि नुहाउनु जरुरी मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन