January 30, 2017

मधेसी मोर्चालाई बालुवाटार बोलाइयो, चुनाव घोषणा गर्ने तयारी

सोमबार निर्वाचनसम्बन्धी सबै कानून पारित हुने सभामुखको जनाऊ

स्थानीय चुनावको मिति घोषणालाई लिएर दोहोरो दबावमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चालाई वार्तामा फेरि बोलाएका छन् । अघिल्लो मंगलबार पनि बालुवाटारमा सत्तारुढ दल र मोर्चावीच छलफल भएको थियो ।Meeting-with-Madhesi-Morcha

सरकारको प्रमुखघटक नेपाली कांग्रेसले छिटो स्थानीय चुनाव घोषणा गर्न प्रधानमन्त्री प्रचण्डमाथि दबाव दिइरहेको छ । संविधान संशोधनको विरोध गर्दै आएको प्रमुख विपक्षी एमालेले पनि चुनाव घोषणाको माग गर्दै आएको छ ।

 

तर, सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले भने संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पास नभई चुनाव घोषणा गरे आन्दोलन गर्ने चेतावनी दिइरहेको छ ।
मधेसी मोर्चाका नेताहरुले यथास्थितिमा चुनाव घोषणा भए सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्देालनमा जाने चेतावनी दिएका छन् ।

दोहोरो दबावमा परेका प्रचण्डले सोमबार बिहान कांग्रेससहित मधेसी मोर्चाको बैठक बोलाएका हुन् । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले चुनावको मिति घोषणाका लागि सहमति खोज्न मधेसी मोर्चाका नेताहरुलाई बोलाएका हुन् । सोमबार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल हुन लागेको हो ।

सोमबार मधेसी मोर्चासँग छलफल गर्नुपूर्व प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच छलफल हुने माओवादीका एक नेताले बताए ।

चुनाव घोषणाको तयारी

प्रमुख दलहरुबीच माघ १५ गतेभित्र स्थानीय चुनावको घोषणा गर्ने समझदारी भएको थियो । तर, सरकारलाई समर्थन गरेको मधेसी मोर्चाको दबाव र चुनावसम्वन्धी विधेयक नबन्दा सरकारले माघ १५ मा चुनावको मिति घोषणा गर्न सकेन ।

यद्यपि निर्वाचन सम्बन्धी कानूनहरु पारित गर्ने प्रक्रिया अघि बढिरहेको छ । राजनीतिक दल र स्थानीय निर्वाचनसम्वन्धी विधेयक राज्य व्यवस्था समितिमा छ । थ्रेस होल्डसहितका विषयमा राजनीतिक सहमति जुट्न बाँकी छ ।

सभामुख ओनसरी घर्ती मगरले सोमबार संसदले सबै विधेयकहरु पास गर्ने बताएकी छन् ।

प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘सभामुखले भोलि सबै विधेयक पास हुन्छ भन्नुभएको छ । प्रधानमन्त्रीले भोलि नै मधेसी मोर्चालाई छलफलका लागि बोलाउनुभएको छ । सम्भवतः मंगलबार चुनावको मिति घोषणा हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति