ट्रम्पलाई अदालतको झट्का, अमेरिकामै रहने भए शरणार्थीहरु

न्यूयोर्क, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि न्यूयोर्कका एक न्यायाधीशले रोक लगाइदिएका छन् ।

ट्रम्पले सातवटा मुस्लिम बाहुल्यता रहेको देशका शरणार्थी र पर्यटकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएका थिए । द अमेरिकन सिविल लिबर्टिज युनिएन (एसीएलयू)ले ट्रम्पको यस्तो आदेशको विरुद्ध शनिबार रिट निवेदन दर्ता गरेको थियो ।

एसीएलयूले ट्रम्पको आदेशपछि हिरासतमा लिइएका मानिसहरुलाई अब देशबाहिर पठाउन सकिने छैन । समूहका अनुमान छ कि ट्रम्पको आदेशपछि एकदेखि दुई सयसम्म मानिसहरुलाई विमानस्थलको हिरासतमा राखिएको छ ।

डोनाल्ड ट्रम्पको प्रवासीविरुद्धको कडा कदमपछि अमेरिकाका कयौं विमानस्थलमा प्रदर्शन गरिएको थियो । अदालतको फैसलापछि उत्साहित भीडले अदालतको बाहिर पुगेर निर्णयको स्वागत गरेका थिए । न्यायाधीशले सरकारले हिरासतमा लिएका सबै शरणार्थी तथा पर्यटकको सूचि समेत मागेको छ ।

अदालतले अब फेब्रुअरीको अन्त्यतिर यससम्बन्धमा अर्को सुनुवाई गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

गगन थापाको बालेन शाहप्रति कटाक्ष: “कसैलाई घोक्राएर सडक समयमा बन्दैन”

फागुन ८, काठमाडौं । गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै