न्यूयोर्क, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि न्यूयोर्कका एक न्यायाधीशले रोक लगाइदिएका छन् ।
ट्रम्पले सातवटा मुस्लिम बाहुल्यता रहेको देशका शरणार्थी र पर्यटकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएका थिए । द अमेरिकन सिविल लिबर्टिज युनिएन (एसीएलयू)ले ट्रम्पको यस्तो आदेशको विरुद्ध शनिबार रिट निवेदन दर्ता गरेको थियो ।
एसीएलयूले ट्रम्पको आदेशपछि हिरासतमा लिइएका मानिसहरुलाई अब देशबाहिर पठाउन सकिने छैन । समूहका अनुमान छ कि ट्रम्पको आदेशपछि एकदेखि दुई सयसम्म मानिसहरुलाई विमानस्थलको हिरासतमा राखिएको छ ।
डोनाल्ड ट्रम्पको प्रवासीविरुद्धको कडा कदमपछि अमेरिकाका कयौं विमानस्थलमा प्रदर्शन गरिएको थियो । अदालतको फैसलापछि उत्साहित भीडले अदालतको बाहिर पुगेर निर्णयको स्वागत गरेका थिए । न्यायाधीशले सरकारले हिरासतमा लिएका सबै शरणार्थी तथा पर्यटकको सूचि समेत मागेको छ ।
अदालतले अब फेब्रुअरीको अन्त्यतिर यससम्बन्धमा अर्को सुनुवाई गर्नेछ ।
कात्तिक २७, काठमाडौं।डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत् उपयोग गर्दै प्रिमियम महसुल नतिरेका कारण काटिएका सबै
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
वाशिङ्टन डिसी (अमेरिका), असोज ३० गते । विश्व बैंकको वार्षिक बैठकमा भाग लिन अमेरिकामा रहनुभएका अर्थमन्त्री
काठमाडौँ, असोज १२ ।नेपाल विद्युत प्राधिकरण (नेपा) ले २४ वटा सौर्य ऊर्जा आयोजनासँग विद्युत खरिद
आश्विन १०, काठमाडौं – नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकको दोस्रो दिन आज, शुक्रबार,