आइएनएस कतारद्वारा  घरायसी सामानमा भन्सार छुटको माग

कतार । वैदेशिक रोजगारका शिलशिलामा विभिन्न देशमा गएर बसोबास गर्ने नेपालीहरु नयाँ शक्ति पार्टी नेपालप्रति आकर्षित भएका छन् ।

नयाँ शक्ति पार्टीमा आकर्षित नेपालीहरुले धमाधम संगठन निर्माण, भेला तथा बैठक भइरहेको छ । पछिल्लो पटक कार्तिक २० गते कतारमा नयाँ शक्ति पार्टी नेपालको प्रवास युवा कमिटी अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्रको प्रथम भेला सम्पन्न भएको छ ।

भेलाले तीनबुँदे माग समेत राखेको छ । पहिलो बुँदामा विदेशबाट नेपाल फर्किदा नेपालीले लगरे जाने घरायसी प्रयोजनका सामानहरुमा भन्सार लगाउन नपाउने र सरकारले घरायसी प्रयोजनका सामानहरुमा कुनै किसिमको मापदण्ड लगाउन नपाउने रहेको छ ।
त्यसैगरी दोस्रो बुँदामा कुटनीतिक सम्बन्ध सुदृढ पार्ने र खाडी मुलुकमा श्रम इन्स्योरेन्स नवीकरण गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेका छन् । तेस्रो बुँदामा मानव तस्करलाई रोक्न राज्यले कानुन बनाउनु पर्ने, मेनपावर र श्रम विभागको मिलेमतोमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग रहेका छन् ।

14971160_706574326184790_398314263_n

भेला मार्फत राखिएको मागप्रति सबैको ऐक्यवद्धता रहेको जनाइएको छ । भेलामा नयाँ शक्ति पार्टी नेपालका नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलालाई प्रमुख अतिथि नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र प्रवासका केन्द्रीय संयोजक विवि खरेल र पार्टी केन्द्रीय सदस्य हरि रिजाल, अर्को केन्द्रीय सदस्य सुरेश शाह, नयाँ शक्ति विदेश विभागको मुस्लिम विभाग अन्तर्राष्ट्रिय नेपाली मुस्लिम शक्ति प्रवासका केन्द्रीय संयोजक पिर महम्मदले सम्बोधन गर्नुभएको थियो ।

सम्पन्न भएको सो कार्यक्रममा नयाँ शक्ति क्ष्ल्क् कतारका महासचिव, कोषध्यक्ष, दलित विभाग संयोजक, जनजाति विभाग संयोजक, सांस्कृतिक विभाग संयोजक, प्रशिक्षण विभाग संयोजक सहितको उपस्तिथिमा सनैयाको लेवर सिटी महलमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि खरेलले वर्तमान स्थितिमा देशमा देखिएको लोकमान काण्ड, भारतीय रास्ट्रपतिको नेपाल भ्रमण स्वागत योग्य भएको तर स्वागतका क्रममा देखिएकोे प्रवृत्ति गलत रहेको बताउँदै विदेसिएका नेपालीले आफ्नो घरायसी प्रयोजनमा लाने कुनै पनि सामानमा सरकारले मापदण्ड र चर्को भन्सार लगाएर उनीहरुको स्वाभिमानलाई कुठराघात गरेको र रेमिटेन्स र युवा जनशक्ति विदेशीलाई बेचेर पनि नपुगी उनीहरुले फर्किदा घरायसी सामान नेपाल लैजाँदा लगाइने मापदण्ड र भन्सारको चर्को विरोध गर्नुभएको छ ।

14962366_706574132851476_1998046576_n

खरेलले विदेशीमुलुक त्यसमा पनि खाडी मुलुकको समस्या र चुनौतीमा राज्यको ध्यानाकर्षण नपुगेको बताउदै अब चरणबद्ध रुपमा दबाबमूलक कार्यक्रम गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रमका विशेष अतिथि पिर महम्मदले देशको परिस्थितिमा नयाँ शक्ति नेपालले समृद्धि नेपाल बनाउन जुन अटोटका साथ अगाडि बढेको छ त्यही अनरुप विदेशी भूमिमा पनि युवाहरूको दिनप्रतिदिन आकर्षण बढ्दै गएको र सहभागी बन्दै गएको बताउनु भयो ।

उहाँले यस अभियानलाइ बिदेशी भुमरीमा छरिएर रहेका नेपाली दाजुभाइहरुको व्यापक प्रवेशले खुसी भएको बताउनु भयो । कार्यक्रममा जनमुक्ति पार्टीको विदेशस्थित कतार विभाग संघीय जनमुक्ति मञ्च कतारको बिक्रम वाइबा तामाङको नेतृत्वमा रहेको ५१ जनाको टोली एकता भइ नयाँ शक्ति कतारमा विलय भएको छ भने ६० जना भन्दा बढी युवाहरू नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए ।
भेलाले होम उप्रेतीको संयोजकत्वमा १०१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति कतारको कमिटी घोषणा गरेको छ । जसमा उप संयोजकमा अकवर मिया, विकास भट्ट र विक्रम वाइवा लामा, सचिवमा मनोज, प्रवक्तामा अनिल परियार, कोषध्यक्ष सहित १०१ सदस्यीय कमिटि गठन गरिएको छ ।

सो युवा कमिटीले कतारमा रहेका नेपालीहरुको दुख सुखमा साथ दिने र भोलियन्टरको रुपमा कतारमा रहेका नेपाली दाजुभाइहरुको सहयोगमा काम गर्ने बताइएको छ । कतारमा नेपाली युवाहरूको आकर्षक पार्टी नै नयाँ शक्ति नेपाल रहेको भन्दै कतारमै पहिलो पार्टी आफुहरु भएको कमिटीमा आवद्ध सदस्यहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड

परराष्ट्रमन्त्री डा. आरजु राणाद्वारा जलवायु वित्त र दिगो कृषि प्रणालीमा अन्तर्राष्ट्रिय सहयोगको आग्रह

असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड

सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष

मन्त्रिपरिषद्को १५ निर्णय सार्वजनिक, पूर्वसचिव विष्ट सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्ष नियुक्त

काठमाडौं, असार १६ – सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका १५ निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार