निर्दोस नेपाली ⁄ साउदी
नयाँ शक्ति पार्टी नेपालको भातृ संगठनको रुपमा रहेको अन्तराष्ट्रिय नेपाली समाज (INS) साउदीको क्षेत्रीय भेला आज सम्पन भएको छ । साउदीको दमाममा सम्पन्न भेलाले ओम पौडेलको संयोजकत्वमा २३ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । सो भेलाले संगठन विस्तारका लागि जिम्मेवारी बाँडफाँड गर्नुका साथै विभिन्न निर्णयहरु गरेको ओम पौडेलले जानकारी दिनुभयो ।

रोजगारीको लागि देशका बिभिन्न जिल्लाबाट साउदी आइपुगेका नेपालीहरुको संगठन आइएनएसको भेलालाइ नयाँ शक्ति पार्टी नेपालका प्रवास प्रदेशिक परिषद् सदस्य राजेन्द्र सिर्मल मिज़ारले सम्बोधन गर्नु भएको थियो ।
भेलाका प्रमुख अतिथिसमेत रहेका मिजारले समृद्ध नेपाल निर्माणका लागि प्रवासमा रहेका नेपालीहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे प्रष्ट पर्नु भएको थियो ।
उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदैँ नयाँ शक्ति पार्टी के हो ? नेपालमा यसको आवश्यक्ता र नयाँ शक्तिको बैचारिक घरातलका बारेमा पार्टीको धारणा राख्नु भएको थियो ।
भेलामा नयाँ शक्ति साउदी अरबका प्रशिक्षण बिभाग प्रमुख तथा दलित शक्ति साउदीका संयोजक दिल श्रीपाली पनि सहभागि हुनुहुन्थ्यो भने कार्यक्रमको संचालन क्षेत्रीय समिति उपसंयोजक भूपेन्द्र बि क रोहितले गर्नु भएको थियो ।
भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’