डा.भट्टराई बेलायत र युरोप आउने

जगन कार्की

लन्डन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् ।  पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा भाग लिन डा.भट्टराई लन्डन आउने भएका हुन् ।

भट्टराईले १३ तारिख आइतबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले जानकारी दिए ।
अल्डरशटस्थित एम्पाएर हलमा हुने कार्यक्रममा नेपालबाट प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदी र सह—संयोजक शंकर भण्डारीले पनि सम्बोधन गर्ने छन् ।

shankar-333

सो कार्यक्रममा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ ।

पार्टीका अन्य नेताहरु मदन राई र डिवी गुरुङ पनि सो भेलामा सहभागी हुने छन् । त्यस्तै डा.भट्टराईले १२ नोभेम्बरमा गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका छन् ।

उनले १४ नोभेम्बर साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बरमा अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन् ।

यसैगरी अन्तराष्ट्रिय नेपाली समाज प्रोचुगलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि डा. बाबुराम भट्टराईको टोलीले भाग लिने भएको छ ।
नोभेम्बर १६ तारिखमा हुने उक्त कार्यक्रममा देश विकास र समृद्धिका लागि विदेशमा रहेका नेपालीहरुले पुर्याउन सक्ने योगदानको बारेमा समेत छलफल हुने प्रोचुगलका संयोजक डि एस शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’