युवाशक्तिः विदेश जाने कि पुनर्निर्माणमा लाग्ने ?

नेपाल भूकम्पीय दृष्टिले विश्वमा जोखिमपूर्ण मुलुकको सुचीमा पर्दछ । बेलाबेलामा आउने ठूलासाना भूकम्पले पनि यो कुराको पुष्टि गरेका छन्  । ०७२ साल बैशाख १२ गते गोरखाको बारपाक र २९ गते दोलखाको सिंगटीलाई केन्द्रविन्दू बनाएर शक्तिशाली भूकम्प गयो ।

शक्तिशाली विनाशकारी भूकम्पले काठमाडौं, ललितपुर, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभे्र, गोर्खा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुली, मकवानपुर र ओखलढुंगालगायतका जिल्लाहरु अति प्रभावित भए । विनाशकारी भूकम्पमा परी काठमाडौंको मुटुमा रहेको धरहरा पूर्ण रुपमा ढलेर ध्वस्त भयो । धरहरा ढलेसँगै सयौं मानिसको ज्यान गयो । राजधानी काठमाडौं लगायत ललितपुर र भक्तपुरमा रहेका ऐतिहासिक र पूरातात्विक महत्वका कयौं मठमन्दिरहरु ढलेर ध्वस्त मात्रै भएनन्, सयौं मानिसहरुले ज्यान समेत गुमाए ।

Tekendra Joshiकरीव १० हजार जनाको ज्यान लिएको, हजारौं घाइते भएको र झण्डै ६ लाख बढी भौतिक संरचनाहरु ध्वस्त भएको विनाशकारी भूकम्प गएको डेढ वर्ष पूरा हुँदासमेत पुनर्निर्माण कार्य सुरु हुन सकेको छैन ।

भूकम्पीय दृष्टिले जोखिमपूर्ण मुलुकका रुपमा रहेको नेपालमा सम्भावित दुर्घटनाबाट बच्न कुनै पनि सजगता अपनाइएको पाइँदैन । विनाशकारी भूकम्प गएको डेढ वर्षको अवधिमा नेपाली जनताले तीन-तीनवटा सरकार पाए । जुन पार्टी र जसको नेतृत्वमा सरकार बनेपनि पुनर्निर्माण कसरी गर्ने भन्ने ठोस योजना बन्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो ।

राज्यसत्ताको उपरीसंरचनामा बस्ने नेतृत्वको ठोस योजना नहुँदा भूकम्पका कारण घरबार विहीन भएका जनताले पुनर्निर्माण कसरी हुने भन्ने अन्योल भोग्नु परेको छ । विनाशकारी भूकम्पका कारण ध्वस्त भौतिक संरचनाहरुको पुनर्निर्माण कसरी गर्ने भन्ने बारेमा राज्यको तर्फबाट कुनै तयारी गरिएको पाइँदैन । राजनीतिक दलहरु सत्ता राजनीतिमा बढी केन्दि्रत हुने गरेकाले भूकम्प पीडितको वास्तविक पीडा के हो ? यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा पटक्कै ध्यान दिन सकेका छैनन् । यो नेपालीहरुको विडम्बनाकै कुरा हो ।

जल, जंगल, जडिबुटी, कृषिको समेत प्रचुर सम्भावना भएको मुलुकका ४० लाख भन्दा बढी युवा शक्ति वैदेशिक रोजगारीमा छन् । देशभित्र बुढाबुढी र बालबच्चाहरु मात्रै रहने, युवा शक्ति अरु देशका निम्ति पसिना बगाइरहने हो भने यो देशको विकास अर्को पुस्तौपुस्ता समेत हुने सम्भावना छैन । प्राकृतिक रुपले सम्पन्न हाम्रो मुलुक नेपाल विनाशकारी भूकम्पका कारण जीर्ण छ । भौतिक निर्माणको यो चरणमा युवा शक्तिको श्रमको खाँचो छ ।

मरुभूमिमा कम्तिमा ४० डिग्री तापक्रममा श्रम र पसीना बगाउने युवा शक्तिलाई यो देश निर्माण गर्ने अभियानमा लगाउन सक्ने हो भने मुलुकले तत्कालै दुईवटा फाइदा लिन सक्ने सम्भावना छ । एक त पुनर्निर्माण छिटो हुन्छ । अर्को आर्थिक विकास र समृद्धिको मार्गचित्र बन्दै जान्छ । त्यसैले राजनीतिक पार्टी र राज्यले ठोस योजना बनाएर युवा शक्तिलाई पुनर्निर्माणमा सहभागी गराउनु आवश्यक छ ।

विदेशी मरुभूमिको तातो घाममा श्रम गर्नुभन्दा देशमै पुनर्निर्माणमा कार्यमा लगाउन अग्रसरता लिन युवाहरुको दायित्व हो । इतिहासले हामीलाई दिएको यो दायित्व पूरा गर्न युवा शक्ति गम्भीरतापूर्वक लाग्नु जरुरी छ

विनाशकारी भूकम्प गएको डेढ वर्ष वितिसकेको छ । यति लामो अवधिसम्म पुनर्निर्माण हुनु त कता हो कता, त्यसको खाका समेत तयार हुन सकेको छैन । यो अवस्थामा युवा पुस्ता चुपचाप बस्ने हो भने वर्षौवर्षसम्म पुनर्निर्माणको विषय गफमै सिमित हुन्छ । राजनीतिक दलका भातृ संगठनहरु समेत यस विषयमा गम्भीर हुन जरुरी छ । विदेशी मरुभूमिको तातो घाममा श्रम गर्नुभन्दा देशमै पुनर्निर्माणमा कार्यमा लगाउन अग्रसरता लिन युवाहरुको दायित्व हो । इतिहासले हामीलाई दिएको यो दायित्व पूरा गर्न युवा शक्ति गम्भीरतापूर्वक लाग्नु जरुरी छ ।

पुनर्निर्माण सुरु हुन नसक्नुको खास कारण स्थिर सरकार नहुनु पनि हो । हामीले डेढ वर्षमा तीन-तीनवटा सरकार पायौं । भूकम्प गएको अवधिमा सुशील कोइरालाको सरकार थियो । त्यसपछि बनेको ओली नेतृत्वको सरकार पनि ठोस काम नगरी विस्थापित भयो । पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकार बनेपछि पनि पुनर्निर्माण कार्यलाई गति दिन सकिरहेको छैन । राज्यको यही निरीहताका कारण पुनर्निर्माण अगाडि बढ्न सकेको छैन ।

मुलुक यो विषम परिस्थितिबाट गुज्रिरहेका बेला अब सबै युवाहरुले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिका निम्ति आ-आफ्नो ठाउँबाट पहल लिन आवश्यक छ । जल, जंगल र जडिबुटीमा समृद्ध मुलुक कृषि क्षेत्रमा समेत प्रचुर सम्भावना छ । यतिबेला यो पुस्तालाई विनाशकारी भूकम्पका कारण मुलुकको पुनर्निर्माण गर्ने अवसर समेत जुराइदिएको छ । यो अवसरलाई सदुपयोग गर्दै पुनर्निर्माण कार्यमा लाग्नु युवा पुस्ताको प्रमुख दायित्व हो ।

(जोशी नयाँ शक्ति नेपालको युवा संगठनका केन्द्रीय प्रवक्ता हुन्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

समावेशी विकासका आयाम

विकास हरेक क्षेत्रका लागि अत्यावश्यक, गतिशील सामयिक परिवर्तनको प्रतिविम्ब हो । यो एउटा यस्तो सकारात्मक

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न

अवदेखि सवै सरकारी करार तथा ज्यालादारी कर्मचारले सामाजिक सुरक्षाकोषको सुविधा पाउने

  बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी