September 5, 2016

अव स्थानीय तहको निर्वाचन : प्रधानमन्त्री

download२० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अव स्थानीय तहको  निर्वाचन हुने वताएका छन् ।  दाहालले अब हुने निर्वाचन स्थानीय निकायको नभई नयाँ संविधानले व्यवस्था गरेको स्थानीय तहको हुने बताएका हुन । सरकार जसरी पनि फागुन–चैत भित्र स्थानीय तहको निर्वाचन गर्न लागिपरेको दाहालले वताए । ‘संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता हो’, विकास समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले भने,‘संविधान कार्यान्वयनको लागि जसरी पनि निर्वाचन गर्नुपर्ने हुन्छ ।’ उनले संविधान कार्यान्वयनपछि भूकम्प पीडितलाई राहत र राष्ट्रिय गौरवको आयोजना अघि बढाउनु सरकारको प्राथमिकता रहेको समेत बताएका छन् ।  संविधान कार्यान्वयनमा सवै दलहरु एकजुट भएर अगाडी बढ्नु पर्ने  आवश्यकता रहेकाे वताए । ‘संविधान जारी गर्ने बेलामा जस्तै संविधान कार्यान्वयन गर्ने बेलामा पनि दलहरुबीच ऐक्यावद्धता आवश्यक छ’, उनले भने,‘मधेसी, थारु र जनजातीसहित सबैको माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्नुपर्छ ।’

उनले भदौंभित्र आवश्यक कानुन बनाएर असोजभित्र सबै पुनर्संसरचनाको काम सक्ने गरी सरकारले काम गरिरहेको दाबी गरे । उनले यसको लागि स्थानीय निकाय पुनर्संरचना आयोगसँग समन्वय गरी काम भइरहेको बताए । उनले स्थानीय तहको पुनर्संरचना गर्न दलहरुबीच भदौं महिनाभित्रै समझदारी हुनपर्ने आवश्यकता औंल्याए । ‘हामी लोकप्रियताको लागि काम गरिरहेका छैंनौं’, प्रधानमन्त्री दाहालले भने,‘निर्वाचन गरिछाड्छौं ।’ प्रधानमन्त्रीले भूकम्प पीडितलाई राहत वितरण सोचेजस्तो हुन नसकेको बताएका छन्  । हामीले भनेजति रकम दिन सहयाेग दाताले नमानिरहेकाले दाताकाे अनुसार अघि बढ्दा दाताले भनेको मान्नै पर्ने भएपछि  राहत वितरण सोचेजस्तो हुन नसकेको वताएका हुन् ।

उनले भूकम्प पीडितलाई तीन लाख अनुदान र दुई लाख सहुलियत ऋण दिने तयारीमा सरकार रहेको बताए । ‘यति रकम भए भूकम्प प्रतिरोधी घर बन्छ’, दाहालले भने । उनले आफू प्रधानमन्त्री भएकै दिन भूकम्प पीडितलाई ४५ दिनभित्र पहिलो किस्ता दिइसक्न निर्देशन दिएको बताउँदै काम नभए हेलिकप्टरमा पैसा लिएर पीडितसमक्ष सेना र प्रहरी पठाउने समेत प्रधानमन्त्री दाहालले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

सबै जिम्मेवार नबने भदौ २४ जस्तो घटना दोहोरिन सक्छ : प्रचण्ड

१५ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचन

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

प्रतिनिधिसभा निर्वाचन : सबै दलका घोषणापत्रमा सुशासन र डिजिटल सेवा प्राथमिकता

 फागुन ११,काठमाडौं। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आ–आफ्ना घोषणापत्र

झापा–५ केन्द्रित प्रतिबद्धतासहित बालेन शाहको घोषणापत्र सार्वजनिक

काठमाडौं, ११ फागुन। झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले