२० भदाै, काठमाडौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी मनोनयनको गृह सुरु गरेका छन् । देउवाले छिट्टै उपसभापति, महामन्त्री र सहमहान्त्रीसहित केही सदस्यको मनोनयन गर्ने गृहकार्य गरेको स्रोतले जनाएको छ । देउवाले पदाधिकारीसहित कांग्रेसका ४१ विभागहरूको प्रमुखमा पनि मनोनयन गर्ने तयारी गरेका छन् । तयारी गरेपनि देउवाले रामचनद्र पौडेल समूहलाई भाग दिनुपर्ने भएकाले कसरी मिलाउने भनेर परामश गरेको बुझिएको छ ।
उपसभापतिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, नेताद्वय खुमबहादुर खड्का र गोपालमानसिंह श्रेष्ठ प्रमुख आकांक्षी देखिएका छन् । देउवाका विश्वासपात्र निधिले पनि उपसभापति दाबी गरेकाले उनले नै जिम्मेवारी पाउन सक्ने स्रोतको भनाइ छ ।
पदाधिकारी मानोनयका लागि देउवाले आफूनिकट नेताहरुसँग छलफल थालेका छन् । कांग्रेसको विधान अनुसार सभापतिले १ जना उपसभापति, १ जना महामन्त्री र १ जना सहमहामन्त्री मानोनित गर्न पाउनेछन् । विधानअनुसार ३ पादाधिकारी मानोनयन गर्ने तयारी भइरहेको देउवानिकट स्रोतको दाबी छ । स्रोतका अनुसार सभापति देउवाले केही दिनमै पदाधिकारी, प्रवक्ता र केन्द्रीय सदस्यसहित पार्टीका ४१ वटा विभाग प्रमुख मानोनित गरिसक्ने तयारी थालेका छन् । उपसभापतिमा खुमबहादुर खड्का र उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले दाबी गरिरहेकाले देउवालाई केही अफ्टेरो परेको छ । खड्कालाई भन्दा निधीलाई उपसभापति बनाउने पक्षमा देउवा रहेको स्रोतले जानकारी दियो ।
खड्का र निधीबीच तीव्र टकराव रहेकाले तेस्रो व्यक्तिलाई उपसभापति बनाउने सम्भावना पनि उत्तिकै रहेको एक कांग्रेस नेता बताउँछन् । निधी पार्टीको नेतृत्व गर्दै सरकारमा गएकाले विवाद हुन नदिन देउवाले लामो समय आफ्नो समुहमा काम गरेका गोपालमान श्रेष्ठलाई उपसभापति बनाउने सम्भावना पनि उत्तिकै रहेको स्रोतको दाबी छ । उपसभापति मानोनित गर्दा पार्टीमा विवाद हुनसक्ने निचोड निकालेका देउवाले तत्काल उपसभापति छाडेर महामन्त्री र सहमहामन्त्री मात्रै पनि मनोनयन गर्न सक्नेछन् । महामन्त्रीमा ज्ञानेन्द्रको बलियो सम्भावना महामन्त्रीमा भने नेता ज्ञानेन्द्रबहादुर कार्कीको सम्भावना बलियो बनेको नेताहरुको दाबी छ ।
महामन्त्रीका आकांक्षी प्रकाशशरण महत र बालकृष्ण खाँण मन्त्री बनिसकेकाले कार्कीको सम्भावना बलियो भएको हो । कांग्रेसको राजनीतिमा क्रियाशिल भएदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईनिकट र त्यसपछि आफ्नो नजिकमा रहेका कार्कीलाई महामन्त्री बनाउनकै लागि देउवाले महत र खाँडलाई मन्त्री बनाएर उनलाई रोकेको देउवानिकट नेताहरुको दाबी छ । ‘महामन्त्रीका बलिया दावेदार पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की हुन् । यद्यपि खड्काको भन्दा कार्कीको सम्भावना बलियो छ ।
कार्की महामन्त्री बन्ने पक्कापक्की जस्तै छ,’ स्रोतले भन्यो । संविधान जारी भएपछि आफूखुसी सह–महामन्त्री पदबाट राजीनामा गरेका खड्कासँग देउवा असन्तुष्ट छन् । सह–महामन्त्रीमा रामचन्द्र पौडेल समूहले पनि दाबी गर्दै आएपनि देउवाले भने आफूनिकट नेतालाई मनोनित गर्ने तयारीमा छन् । ‘महामन्त्रीका बलिया दावेदार पूर्णबहादुर खड्का र ज्ञानेन्द्रबहादुर कार्की हुन् । यद्यपि खड्काको भन्दा कार्कीको सम्भावना बलियो छ । कार्की महामन्त्री बन्ने पक्कापक्की जस्तै छ,’ स्रोतले भन्यो ।
देउवाले मानबहादुर विश्वकर्मालाई सह–महामन्त्री बनाउने तयारी थालेका छन् । स्रोतका अनुसार विश्वकर्माको सम्भावना बलियो भएपनि सन्तुलन मिलाउन अन्य समूहबाट जनजाति वा महिला पनि सह–महामन्त्री हुने सम्भावना पनि छ ।
विधान अनुसार जेठको पहिलो साताभित्रै पदाधिकारीको मनोनयन गरी केन्द्रीय समितिका निवार्चित सदस्यहरुलाई बैठकबाट अनुमोदन गर्नुपर्ने थियो । सभापति देउवाले निर्वाचित सदस्यहरुमध्येबाट उपसभापति, महामन्त्री र सह–महामन्त्रीसहित महाधिवेशन प्रतिनिधिमध्येबाट बढीमा २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ ।
रुपन्देही १९ , फागुन। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका