प्रधानमन्त्री भारत भ्रमणका लागि एजेन्डा वनाउँन व्यस्त

Prachanda-57a5616475b7d8.63218526२० भदौ, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा छलफलमा के कस्ता एजेन्डा लैजाने भन्ने  विषयमा छलफल गर्न व्यास्त छन् । भारत भ्रमणमा छलफलमा गर्ने एजेन्डाबारे सरोकारवाला उपप्रधानमन्त्री, मन्त्री, सचिवसहितका अधिकारीसँग छलफल गरेका हुन् ।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब दुई घन्टा चलेको बैठकमा उनले कार्यान्वयन गर्न सम्भव भएका विषय मात्रै आफूले भारतीय अधिकारीसँग उठाउने स्पष्ट पारेका छन्  ।

उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री रमेश लेखक, पर्यटनमन्त्री जीवनबहादुर शाहीललगायत ‘ब्रिफिङ’मा सहभागी थिए ।  मन्त्रालयका सचिव तथा भारत भ्रमणको एजेन्डामा समन्वय गरिरहेका सहसचिवले भारतीय सहयोगमा निर्मित आयोजनाको अवस्था र भारतसाग वार्ताका लागि नेपालको प्रस्तावित अडानबारे ‘ब्रिफिङ’ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई माथिल्लो कर्णाली, अरुण तेस्रोसहित भारतीय कम्पनीले निर्माण गर्ने जलविद्युत् आयोजनाको अवस्थाबारे सम्बद्ध मन्त्रालयका अधिकारीले ‘ब्रिफिङ’ गरेका थिए ।  उनीहरूले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको सम्भाव्यताबारे पूर्ववत् सहमति, प्रचण्ड अघिल्लो पटक प्रधानमन्त्री हुादा भारतले वचन दिएको नौमुरे जलविद्युत् योजना निर्माणबारेमा चर्चा गरेका थिए ।  नेपालको आन्तरिक पानी बााडफााडको विवाद तथा भारतीय अरुचिसमेतका कारण निर्माण नभएको सो आयोजनाको विकल्प खोज्नुपर्ने सुझाब सम्बद्ध अधिकारीले दिएका छन् ।   प्रधानमन्त्री प्रचण्ड ३० भदौदेखि २ असोजसम्म भारतको औपचारिक भ्रमणमा  जाने भएका छन्  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री