(नरेन्द्र ढकाल)
झापा ।
हात–हातमा मोबाइल अनि हरपल इन्टरनेटमा विश्वका खबर । प्रविधिको विकाससंगै विश्व आज एउटा सानो घर जस्तै भएको छ । जुसुकै स्थानमा जे भएपनि तत्काल विश्वभर खबर पुग्छ । यस्तै खबर पु¥याउने वेभ साइडहरुको निर्माणमा ब्यस्त वेब डिजाइनजर टुरुप संग्रैला पछिल्लो समयमा सबैको रोजाई बन्न पुगेका छन् ।
पाँचथरका टुरुप सङ्ग्रौला घरमै बसेर विश्वका कुनाकाप्चामा रहेका विभिन्न कम्पनीको काम गर्छन् । तर पछिल्लो समय उनी राजधानीमा बस्दै आएका छन् । उनलाई कामको होइन, काम गर्ने समयको खाँचो छ । उनको साथमा इन्टरनेट डिभाइस र ल्यापटप कहिल्यै छुट्दैन । ५ वर्षअघि ब्लगस्पट चलाउँदा–चलाउँदै वेब डेभलपमेन्टको क्षेत्रमा प्रवेश गरेका संग्रौला अहिले आफ्नो कामबाट सन्तुष्ट छन् । ’अरूलाई जागिर खोज्ने चिन्ता छ, मलाई भने काम कसरी भ्याउने भन्ने समस्या छ,’ संग्रौलाले भने ।
संग्रौलाले प्रविधिको विकास र विस्तार यति छिटो होला भन्ने सोचेका पनि थिएनन् । जुन बेला संग्रौलाले यो क्षेत्रमा प्रवेश गरे त्यतिबेला ठूल्ठूला कम्पनीहरूले मात्र वेबसाइट बनाउँथे, तर प्रविधिले यति छिटो फड्को मारेको छ कि अहिले व्यक्तिगत रूपमै वेबसाइट बनाउनेहरू ह्वात्तै बढेका छन् । संग्रौलाले अहिलेसम्म ’कम्तीमा ४ सयभन्दा बढी वेबसाइट बनाइ सकेका छन् ।’ वेब डेभलपमेन्टको क्षेत्रमा उज्ज्वल भविष्य देखेका संग्रौलाले अझै पनि डेभलपरहरूबीच खासै प्रतिस्पर्धा नभएको बताए । उनले भने– प्रविधिको क्षेत्रमा लाग्नेहरू रोजगारीका लागि भौंतारिनु पर्दैन् , आइटीको क्षेत्रमा दक्ष व्यक्तिलाई नेपालमै पनि राम्रो अवसर छ, विदेशमा त अझ आकर्षक अवसर पाइन्छ ।
मुलुक बिस्तारै इ–गभर्मेन्सतर्फ लम्किरहेकाले अझै यस क्षेत्रमा निकै राम्रो भविष्य भएको संग्रौलाको भनाई छ । रुचि र इच्छा भयो भने वेब डेभलपमेन्टको क्षेत्रमा निर्धक्क प्रवेश गर्न सकिने भन्दै यस क्षेत्रमा लाग्न उनले आग्रह गरेका छन् । यो क्षेत्रमा प्रवेश गर्न साइन्स नै पढ्नुपर्छ भन्ने छैन, बीआइएम, सीएसआइटी, बीआइटी, बीई अध्ययन गरेर पनि वेब डेभलपर बन्नसकिन्छ । यसका साथै इन्सटिच्युटहरूमा पीएचपी, जाभा, एएसपी आदि पढेर पनि यो क्षेत्रमा प्रवेश गर्न सकिने जानकारहरु बताउँछन् ।
यो क्षेत्रमा वेबसाइट तयार गरेर, फिचर हेरेर, आउटसोर्सिङको काम गरेर आम्दानी गर्न सकिने संग्रौलाको भनाई छ ।
वेब डेभलपर संग्रौला मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सकिने बताउँछन् । विदेशी कम्पनीहरूले पनि सस्तोमा काम गर्ने हुनाले नेपालीलाई काम दिने नेपाली वेब डेभलपर्सहरूको अनुभव छ । यो क्षेत्रमा समस्या र चुनौति पनि उत्तिकै रहेको संग्रौलाको बुझाई छ । आइटी क्षेत्रमा सरकारले खासै सहयोग नगर्दा अझै पनि केही रकम विदेशीने गरेको छ । उनले भने–सरकारले प्रविधि सम्बन्धि केही ठोस नीति ल्याएर काम गर्ने हो भने आउट र्सोसिङको रकम पनि नेपालमा नै रहने थियो ।
बैंकहरुमा समस्या रहेको भएको वेब डेभलपमेन्टका क्षेत्रमा सक्रिय संग्रौलाको बुझाई छ । डलर एकाउण्ट बनाउन बैंकहरुमा समस्या रहेको उनले बताए । पछिल्लो समय नेपालमा प्रविधिको क्षेत्रमा युवाहरुको आकर्षण बढेको उनको बुझाई छ । उनले यस क्षेत्रमा अबसर र चुनौति दुवै रहेको बताए । समय अनुसार आफुलाई बदल्न सकेका यो क्षेत्रमा प्रसस्त अवसर छ तर समय अनुसार आफुलाई परिर्वतन नगर्न नसकेका आफुभन्दा दक्ष आएमा आफु विस्थापित हुन सकिने उनको भनाई छ ।
आफु पाँचथरमा जन्मेपनि झापामा नै बाल्यकाल बिताएको भन्दै झापामा पहिलो पटक पूर्वाञ्चल दैनिकको वेब साइट बनाएको सुनाए । उनले अहिले झापामा ८ वटा अनलाइनहरुको वेब साइट आफैंले डिजाइन गरेको जानकारी समेत दिए ।
चैत १७, २०७९, काठमाडौं । धुलिखेल नगरपालिकाले नेभिगेसनमा आधारित हाउस नम्बरिङ सिस्टम प्रयोग गर्न थालेको
१० चैत,लण्डन। बेलायतको संसदले चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यो निर्णयसँगै
२०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन
९ फागुन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने
साइबर ब्युरोमा सूचना प्रविधिको माध्यममा हुने अपराध, हिंसा, दुर्व्यवहार र दुरूपयोगका उजुरी दिनहुँ थपिइरहेका छन्,
काठमाडौं । नेपाल टेलिकमले ओटिपीको मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा